लुम्बिनी प्रदेश सभामा चार सांसद पद रिक्त, राजीनामा दिएर चुनावमा प्रतिस्पर्धा गर्न हिँडे
मसुरिया । लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशनको दोस्रो बैठकमा दुई विधेयक पेस भएको छ ।
देउखुरीको मसुरियास्थित प्रदेश सभामा मंगलबार दिउँसो बसेको बैठकमा दलित समुदायको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक छलफलका लागि पेस भएको हो । विधेयक सरकारका तर्फबाट प्रदेश सभामा सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिनाले पेस गरेका छन् ।
स्वास्थ्यमन्त्री खेमबहादुर सारूले प्रदेश जीवनाशक विषादी व्यवस्थापन तथा नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सभामा पेस गरेका छन् ।
प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरको कार्यालयबाट पुनर्विचारका लागि फिर्ता आएको लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक छलफलका लागि पुनः पेस भएको छ ।
लुम्बिनी प्रदेश सरकारका तर्फबाट भौतिक पूर्वधार विकासमन्त्री भूमिश्वर ढकालले उक्त विधेयक पेस गरेका छन् ।
बैठकमा सभामुखले दाङ ३ (२) बाट तत्कालीन माओवादी केन्द्रबाट निर्वाचित नेकपाका धनबहादुर मास्की, बाँके १ (१) बाट निर्वाचित कृष्णा केसी, बर्दिया २ (२) बाट निर्वाचित नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरी र रूपन्देही ४ (१) बाट निर्वाचित लोकतान्त्रिक समाजवादी पार्टीका कन्हैया बाँनियाले प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएको र उक्त चार पद रिक्त रहेको जानकारी गराएका छन् ।
चारै जना प्रदेश सभा छोडेर प्रतिनिधि सभाको उम्मेदवार बनेका छन् । चार पद रिक्त भएपछि ८७ सदस्यीय प्रदेश सभा अहिले ८३ सदस्यीय बनेको छ ।
विशेष समयमा जनमत पार्टीका चन्द्रकेश गुप्ता, राप्रपाकी मीनाकुमारी श्रेष्ठ, कांग्रेसकी लोकीकुमारी विक र एमालेका विष्णुप्रसाद पन्थीले बोलेका थिए ।
बिचार/ब्लग
कसले दियो बालेनलाई ८ करोडको डिफेन्डर ?
ईश्वर अर्याल
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया