भरतपुरका इन्जिनियर आचार्य र पत्नीविरुद्ध पौने ७ करोडको भ्रष्टाचार मुद्दा
काठमाडौं । भरतपुर महानगरपालिकाका तत्कालीन इन्जिनियर भरतकुमार आचार्यविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पौने ७ करोडको भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
मंगलबार अख्तियारले विशेष अदालत, काठमाडौंमा इन्जिनियर आचार्यविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको जनाएको छ । सार्वजनिक ओहदाको दुरूपयोग गरी अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियारले आचार्यविरूद्ध ६ करोड ७८ लाख ९१ हजार १५ रुपियाँ बिगो कायम गरी विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
बिगोबमोजिम जरिवाना, कैद सजाय र भ्रष्टाचारबाट बढे÷बढाइएको सम्पत्ति जफतको माग दाबी पनि अख्तियारले गरेको छ ।
अख्तियारले सम्पत्ति जफत प्रयोजनका लागि आचार्यकी पत्नी लिली सुवेदीलाई पनि प्रतिवादी बनाएको छ । चितवनको भरतपुर महानगरपालिकाका तत्कालीन वरिष्ठ इन्जिनियर आचार्यले पदीय मर्यादाविपरित कार्यबाट गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियारमा उजुरी परेको थियो ।
अनुसन्धानका क्रममा आचार्यको २०४८ माघ ६ देखि २०८० असार ६ सम्मको सम्पत्तिमा जाँचबुझ गर्दा स्रोत नखुलेको सम्पत्ति भेटिएपछि त्यसैलाई बिगो कायम गरी मुद्दा दायर गरिएको अख्तियारले विशेष अदालतमा दायर गरेको अभियोगपत्रमा उल्लेख छ ।
बिचार/ब्लग
कसले दियो बालेनलाई ८ करोडको डिफेन्डर ?
ईश्वर अर्याल
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया