यातायात कार्यालयका कर्मचारी र ट्राफिकका असईसहित १७ जनाको मोबाइल कब्जा
काठमाडौं । यातायात कार्यालय, चाबहिल शाखाका १७ कर्मचारी, ट्राफिक प्रहरीहरूको मोबाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले जफत गरेको छ ।
मंगलबार कार्यालय प्रमुख पेशलकुमार पोखरेलसहित १७ कर्मचारीको २५ मोबाइल अख्तियारको टोलीले जफत गरेको हो ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथमा कार्यरत असई डोरहरि नेपालसहित ३ जनाको मोबाइल नियन्त्रणमा लिएको छ ।
नेपाल ड्राइभिङ एन्ड रिकन्डिसन सेन्टर प्रालिका मेनेजर बालकृष्ण सिंहसहित ७ जनाको ९ थान मोबाइल जफत गरिएको छ ।
लिखित परीक्षा दिई फेल भएको मितिले ३ मिहना अवधि नपुग्दै पुनः परीक्षामा सहभागी भएका परीक्षार्थीहरूको उत्तरपुस्तिका पनि अख्तियारले जफत गरेको स्रोतले जनाएको छ ।
चाबहिलका कार्यलय प्रमुखसहित अन्यको कर्मचारी, प्रहरीको मिलेमतोमा ५ हजारदेखि १० हजार लिई लाइसेन्सको लिखित परीक्षामा फेल भएकालाई पास बनाउने गरेको पाइएपछि अख्तियारले उनीहरूको मोबाइल जफत गरेको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया