फेक रेस्क्युको नाममा करोडौंको लुट धन्दा, ह्याम्सले थमायो २८ लाखको बिल, सीआईबीले अब अस्पतालहरूमाथि हातहाल्नु पर्ने

काठमाडौं । हिमाल आरोहण र ट्रेकिङको क्षेत्रमा चलिरहेको लुटको धन्दामध्येका केही व्यक्तिहरूको फेक उद्धारको घटना बाहिर आएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले दोषीलाई पक्राउ गरेको छ ।

नेपाल घुम्न आएका विदेशी पर्यटकहरूलाई शुरुमा घुमाउने जिम्मा लिने । त्यसपछि तिनीहरूलाई बिरामी पार्ने अनेक गतिविधि गर्ने । बिरामी पर्दै नपरे खानामा बिषादी समेत मिसाएर खाना खुवाउने । डाइरिया चलाएर उठ्नै नसक्ने अवस्थामा पु¥याएपछि उद्धारको बहाना बनाएर हेलिकप्टर चढाने । त्यसपछि करोडौं असुल्न काठमाडौंको महँगो अस्पतालमा पु¥याएर भर्ना गरिन्छ । फेक उद्धारको नाममा २० मिलियनको ठगी धन्दा भएको सीआईबीका प्रमुख (एआईजी) मनोज केसीले बताएका छन् । सीआईबीले फेक उद्धार गर्ने कम्पनीहरूलाई कारबाहीको दायरामा ल्याएर राम्रो काम गरेको छ । अब सीआईबीले त्यस्ता फेक उद्धार गरिएका बिरामीको उपचार गर्ने निजी अस्पतालहरू र हेलिकप्टर कम्पनीहरूलाई पनि अनुसन्धान गरेर कारबाही गर्नुपर्छ ।

नेपाल आउने पर्यटकहरूलाई उच्च हिमाली क्षेत्रमा जाने भनेर बीमा गर्छन् । बीमा पोलिसीबारे शुरुमा ट्राभल्स एजेन्सीहरूले जानकारी लिन्छन् । बीमा भएको एकिन भएपछि फेक रेस्क्युको योजना बन्न थाल्छ । उच्च हिमाली क्षेत्रमा पुगेपछि पर्यटकहरूलाई सामान्य समस्या हुन्छ नै । अर्थात् त्यसलाई खास ठूलो जोखिम मानिदैन । पर्यटकहरूसँग गएका गाईडहरूले ज्यान जान सक्छ भन्दै बढाइचढाइ गर्छन् । मनोबल गिराउने काम गर्दै बिरामी नै पर्ने अवस्थामा पु¥याउँछन् । फेक उद्धार गर्न खानामा डाइरिया हुने औषधिको प्रयोग समेत गर्छन् । पर्यटकहरूलाई मुस्किल परेपछि हेलिकप्टर कम्पनीहरूको पालो आउँछ । ट्रेकिङ ट्राभल्स कम्पनी, हेलिकप्टर कम्पनी, गाईड र अस्पतालको सेटिङ हुन्छ । हेलिकप्टरबाट उद्धार गरि ल्याएको पर्यटकलाई उनीहरूले सेटिङ भएका अस्पतालहरूमा भर्ना गर्छन् । कतिपयलाई आवश्यक्ता नभए पनि आईसीयु, भेन्टिलेटरमा राख्छन् । त्यसपछि रेस्क्यु गरेको देखाएर बीमा रकम पनि दाबी गर्छन् । एउटै पर्यटकबाट ४ हजार पाँच सय अमेरिकी डलरदेखि ९ हजार ५ सय डलरसम्म फेक उद्धारका नाममा असुल उपर गरिन्छ । फेक उद्धारमा नेपाली रकम करीव १४ लाखसम्म लिने गरिएका छन् ।

सीआईबीले माउन्टेन रेस्क्यु सर्भिस प्रालिका सञ्चालक जयराम रिमाल, माउन्टेन रेस्क्यु सर्भिस प्रालिका म्यानेजर विवेक पाण्डे, नेपाल चार्टर सर्भिसेज प्रालिका सञ्चालक रविन्द्र अधिकारी, नेपाल चार्टर सर्भिस प्रालिका अप्रेशन म्यानेजर विवेक थपलिया, एभरेष्ट एक्सपेरियन्स एण्ड असिस्टेन्ट प्रालिका सञ्चालक मुक्ति पाण्डे र सोही कम्पनीका अपरेशन डिपार्टमेन्ट प्रमुख सुवास केसी रहेका छन् । यो तीन कम्पनीबाट ३ सय १७ जना विदेशी पर्यटकहरूलाई नक्कली उद्धार गरी अकुत लुट मच्चाएको तथ्य सीआईबीले गत आइतबार पत्रकार सम्मेलन नै गरेर सार्वजनिक गरेको छ । छ जना पक्राउ परेपछि पर्वतारोहणमा नक्कली उद्धार गरेर विदेशी पर्यटकहरूसँग अकुत असुल गरेको रहस्य बाहिर आएको छ ।

सीआईबीका प्रमुख (एआईजी) केसीले भने, ‘एक पटक हेलिकप्टर प्रयोग भएको घटनामा धेरै पटक प्रयोग गरिएको दाबी गरेर बीमा रकम दाबी भएको कुराहरू उठाएको र कतिपय चार्ट फ्लाइटहरूलाई रेस्क्यु फ्लाइटमा कन्भर्ट गरिएको कुराहरू पनि उठाएको थियो । यो वापत कमिशन दिएको कुरा पनि आफ्नो रिपोर्टमा भनेको थियो ।’

उच्च हिमाली क्षेत्रको पदयात्रा र भ्रमणमा जाने पर्यटकको जीपीएस सिस्टमसहितको यान्त्रिक बीमा गर्नुपर्ने भएको छ । त्यसका लागि हिमालयन गार्डिजयन नेपाल जस्ता बीमा कम्पनी आइसकेका छन् ।

पक्राउ परेका उनीहरू चार जनालाई एकै ठाउँबाट एकै पटक उद्धार गरेका थिए । बीमा दाबी गर्दा फरक फरक समयमा फरक फरक समयमा उद्धार गरेको देखाएर ३१ हजार १ सय अमेरिकी डलरका लागि दाबी गरे । अस्पतालको मात्रै खर्च ११ हजार ८ सय ९० अमेरिकी डलर असुल गरिएको छ ।

माउन्टेन रेस्क्यु प्रालि पक्राउ परेका जयराम रिमालको कम्पनी हो । २०२२ देखि २०२५ सम्म यो कम्पनीले १ हजार २ सय ४० पर्यटकको उद्धार गरेको छ । त्यसमध्ये १ सय ७१ जनाको नक्कली उद्धार गरिएको छ । उनीहरूलाई उद्धार गरिए वापत असुल गरिएको बीमा रकम १ करोड २ सय ७६ अमेरिकी डलर छ । अर्थात् एक अर्ब ५० करोड २४ लाख ४५ हजार २ सय ५७ नेपाली रुपियाँ हुन आउँछ ।

नेपाल चार्टर सर्भिसले ४ सय १७ जनाको उद्धार गरेको छ । त्यसमध्ये १७ जनाको नक्कली उद्धार गरिएको छ । त्यसबाट ८२ लाख २४ हजार ८२ रुपियाँ अमेरिकी डलर असुल गरेका छन् । यो रकम नेपालीमा झण्डै १ अर्ब १९ करोड ९९ सय लाख ७ हजार ४ सय ९४ रुपियाँ हुन्छ ।

एभरेष्ट एस्पेरियन्स एण्ड असिस्टेन्ट प्रालिले ६ सय १ जनाको उद्धार गरेको छ । त्यसमध्ये ७१ जनाको नक्कली उद्धार गरिएको छ । ११ लाख ५३ हजार ९ सय १९ अमेरिकी डलर असुलेको छ । नेपाली रुपियाँ १६ करोड ८१ रुपियाँ ५४ हजार २ सय ७० रुपियाँ हुन्छ । यी ती कम्पनीले मात्रै १९.६९अमेरिकी डलर असुलेको सीआईबीको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

नेपालमा वार्षिक झण्ड २ लाख विदेशी पर्यटकहरू पदयात्राका लागि आउँछन् । यसमध्ये ५० हजारभन्दा बढि उच्च हिमाली भेगमा जान्छन् । दुई हजार ट्रेकिङ कम्पनीहरू सञ्चालनमा छन् । पर्यटकबाट अबैध असुल गर्न यस्ता खालका धन्दा चलाउँदै आएका छन् । यो धन्दामा बिगतदेखि नै काठमाडौंका ह्याम्स अस्पताल, नर्भिक अस्पतालसम्म जोडिएको आरोप छ । स्वाकन अस्पतालदेखि ईरा अस्पताल, सिद्धि मेमोरियल अस्तपतालसमेत यो धन्दामा सामेल भएको आरोप छ । सीआईबीले उनीहरूमाथि पनि निगरानी र अनुसन्धान बढाएको छ ।

२०७५ सालको घटना हो । रसियन नागरिक पदयात्रामा मनाङ पुगेका थिए । औषधि भनेर भनेरपानीमा केही घोलेर केही वस्तु खुवाई । उनी बेहोस भए । उद्धार गरेर लगिएका उनको नर्भिक अस्पतालले पासपोर्ट खोसिदिएको थियो । २०७५ सालमा सहसचिव घनश्याम उपाध्यायको संयोजकत्वमा गठित कार्यदलले पनि फेक उद्धार हुने गरेको स्वीकार गरेको थियो । उनको समितिले दोषी देखाएका अन्य आठ कम्पनीमाथि पनि अनुसन्धान शुरु भएको छ । सीआईबीले फेक उद्धारको घटनाको अनुसन्धान शुरु गरेपछि ती रेस्क्यु कम्पनी र अस्पतालका सञ्चालकहरू भागेका छन् । पक्राउ पर्ने डरले लुकेर बसेका छन् । अल्टिच्युड एयरको नक्कली बिल बनाएको र फर्जी बीमा भुक्तानी गरेको विषयमा समेत अनुसन्धान चलिरहेको सीआईबीले जनाएको छ । २०८१ पुस १ र २०८२ असोज १२ उजुरी परेपछि सीआईबीले अनुसन्धान शुरु गरेको थियो ।

अर्को घटना हस्पिटल फर एड्भान्स मेडिसिन एण्ड सर्जरी प्रालि (ह्याम्स), धुम्बाराहीले फेक उद्धार गरिएका विदेशी पर्यटक ६३ वर्षीय एरोन रेयनासँग उपचार खर्चवापत २८ लाख ११ हजार १ सय ११ रुपियाँ ७१ पैसाको बिल थमाएको छ । त्यसमा १ लाख २० हजार ३ सय ९० रुपियाँ ८० पैसा डिस्काउन्ट दिएको छ ।

Published : Tuesday, 2026 January 27, 1:07 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया