भारतमा नेपाली खेलाडीले जीते दुई स्वर्ण र दुई रजत

काठमाडौं । भारतको बैंगलोर शहरमा यही जनवरी २६ तारिख सम्म आयोजना भएको अन्तर्राष्ट्रिय आमन्त्रण ताईक्वाण्डो प्रतियोगितामा ताईक्वाण्डो आईटीएफ नेपालका खेलाडी शान्तकुमार राना मगरले स्पाईरिंग ६०–६५ केजी तौल समूहमा स्वर्ण र पहिलो डानदेखि तेश्रो डान प्याटर्न प्रतिस्पर्धामा स्वर्ण गरी दुई स्वर्ण जीतेका छन् ।

उनले स्पाइरिङ्गमा फाइनल खेलमा भारतका खेलाडी विनित कृष्णलाई सहजै पराजित गरेका थिए । प्याटर्नमा सेमीफाइनल खेलमा भारतका खेलाडी मुवाऊ अफताबलाई फाइनल खेलमा नेपालका आस्तिक नकर्मीलाई पराजित गरेका थिय ।

आस्तिक नकर्मीले व्यक्तिगत स्पाइरिङ्ग अन्तर्गत ६५–७० केजी तौल समूहमा फाइनलमा भारतका खेलाडी पी धनुषसँग पराजित भए । पहिलोदेखि तेश्रो डान प्याटर्नमा क्वाटर फाइनलमा भारतका खेलाडी गौतम कुमारलाई र सेमीफाइनलमा भारतकै खेलाडी भीनितकृष्णलाई पराजित गरी फाइनलमा नेपालका शान्तकुमार राना मगरसँग पराजित भएका थिए ।

नेपाल , भारत, मलेशिया तथा अफ्गानिस्तानका खेलाडीहरूले सहभागिता जनाएको उक्त प्रतियोगितामा आफ्नो खेलाडीहरू प्रदर्श देखेर भारतका प्रशिक्षक खेलाडी तथा अभिभाबकहरू प्रभावितभई प्रशंसा गर्दै गर्व लागेको आईटीएफ नेपालका सस्थापक अध्यक्ष मास्टर लक्ष्मण बस्नेतले बताए ।

मास्टर बस्नेतले उक्त प्रतियोगितामा निर्देशकको भूमिका निभाएका छन् । अन्तर्राष्ट्रिय ताईक्वाण्डो महासंघका उपाध्यक्ष ग्राण्ड मास्टर ट्रेवर निकोल्सले २४ र २५ तारिख संचालन गरेको तालिममा बस्नेतले सहायकको भूमिका पनि निभाएका थिए ।

Published : Tuesday, 2026 January 27, 11:41 am

फेसबुकबाट तपाईको प्रतिक्रिया