सर्लाही १ मा ठाकुरसहित २८ उम्मेदवार, प्रयोगशाला होइन सर्लाही, टुरिष्ट उम्मेदवार चिनौं
कविलास । प्रतिनिधि सभा सदस्य निर्वाचनको मतदानको समय नजिक आइरहेका बेला मतदाताहरूलाई सचेत बनाउन र आफ्नो पक्षमा ल्याउन उम्मेदवारहरू लागिरहेका छन् ।
गृहजिल्लामा पराजित हुने जोखिम भएपछि अन्य जिल्ला र निर्वाचन क्षेत्रमा गएर उम्मेदवार बन्नेहरूको पनि ठूलो संख्या छ । गगन थापा (सर्लाही ४), बालेन्द्र साह ‘बालेन’ (झापा ५), रवि लामिछाने (चितवन २) जस्ता हस्तीहरू समेत आफ्नो जिल्ला वा निर्वाचन क्षेत्रबाट उम्मेदावर बनेका छैनन् । सबैलाई पराजित हुने डर छ । जित्नकै लागि सर्लाही जिल्लामा अन्य जिल्ला र क्षेत्रबाट उम्मेदवार बन्न जाने गरेका छन् ।
सर्लाही क्षेत्र नं. १ मा पनि उम्मेदवारहरूको सूची लामो छ । २८ जनाको लामो सूचीमा बाहिरी जिल्ला अर्थात् ‘टुरिष्ट’ उम्मेदवारहरू पनि छन् । सर्लाही १ का मतदातालाई भ्रममा पारेर टुरिष्ट उम्मेदवारहरूले जित हासिल गर्ने सपना पनि देखिरहेका छन् ।
युवाहरूका बीच लोकप्रिय मानिने राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीति बुझेका युवा नेता विकासकुमार ठाकुर जस्ता व्यक्तिहरू पनि सर्लाही १ मा उम्मेदवार बनेका छन् । विशेष गरेर हिन्दु अभियानसँग जोडिएका ठाकुर राष्ट्रिय मुक्ति पार्टी नेपालबाट चुनाव चिन्ह चकिया (जाँतो) लिएर ठाकुर उम्मेदवार बनेका छन् । ठाकुर सर्लाहीको क्षेत्र नं. १ कै रैथाने बासिन्दा हुन् । कविलास नगरपालिका वडा नं. ७ गैर बजारका स्थानीयबासिन्दा ठाकुरले आफ्नै क्षेत्रको उम्मेदवारलाई विजयी बनाउनुपर्ने बताएका छन् । उनले अन्य जिल्ला वा क्षेत्रबाट आएर उम्मेदवारी दिएका टुरिष्ट उम्मेदवारहरूका बारेमा सर्लाही जिल्लाले चिन्नुपर्ने बताएका छन् । ठाकुरले भने, ‘सर्लाही जिल्ला प्रयोगशाला होइन । सर्लाहीका कुनै पनि क्षेत्रलाई प्रयोगशाला बन्न नदिन सर्लाही जिल्लाका सबै मतदाताले बुझ्न जरुरी छ ।’
युवा नेता एवम् उम्मेदवार ठाकुरले स्थानीय माटोलाई बुझेको, स्थानीय जनतालाई चिनेको र जानेको उम्मेदवार, आफ्नै गाउँमा हुर्किएको उम्मेदवारलाई विजयी बनाउन अनुरोध गरेका छन् ।
नेपाली कांग्रेसबाट शम्भुलाल श्रेष्ठ, एमालेबाट मनोजकुमार देवकोटा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट नितिमा भण्डारी कार्की, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट प्रमोद साह, राप्रपाबाट सूर्यनारायण राय यादव लगायतका उम्मेदवार छन् ।
रास्वपाबाट उम्मेदवार बनेकी नितिमा भण्डारी कार्कीको ठेगाना काठमाडौं महानगरपालिका वडा नं. ९ सिनामंगल रहेको छ । निर्वाचनमा प्रतिस्पर्धा गर्नकै लागि नितिमा सर्लाही १ मा उम्मेदवार बनेकी छिन् ।
बिचार/ब्लग
कसले दियो बालेनलाई ८ करोडको डिफेन्डर ?
ईश्वर अर्याल
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया