हिमालयन गार्डियनद्वारा विदेशी पर्यटकलाई नेपालकै पहिलो यन्त्र आधारित सरकारी मान्यता प्राप्त बीमा सेवाको घोषणा
काठमाडौं । नेपाल विश्वभर साहसिक पर्यटनका लागि अग्रणी गन्तव्यका रूपमा परिचित छ ।
दशकौँसम्म सगरमाथा क्षेत्र, हिमाली पदयात्रा, पर्वतारोहण तथा रोमाञ्चक गतिविधिहरू सुरक्षित मानिनुमा नेपालका शेर्पा समुदायको अद्वितीय क्षमता र नेपाली गाइडहरूको पेशेवर योगदान प्रमुख रहेको छ ।
पछिल्लो दशकमा हेलिकप्टर सेवाको तीव्र विस्तारसँगै बीमा ठगी सम्बन्धी गतिविधिहरू अत्यधिक बढे । केही हेलिकप्टर कम्पनीहरूले उद्धार खर्च कृत्रिम रूपमा बढाएर देखाए, केही अस्पतालहरूले अनावश्यक परीक्षण गरी उपचार बील अस्वाभाविक रूपमा बढाए । केही ट्रेकिङ कम्पनीहरूले समेत गलत समन्वयमा संलग्न भएको प्रमाण भेटियो । यी सबै गतिविधि अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा व्यापक रूपमा उजागर भए ।
किन नेपालले यसलाई रोक्न सकेन ?
नेपालले यी गतिविधि तत्काल रोक्न नसक्नुको मुख्य कारण एउटै थियो—
– बीमा दाबी नेपालमा नभई सीधा विदेशी बीमा कम्पनीहरूमै दर्ता हुन्थ्यो ।
– विदेशी बीमा कम्पनीहरूले उद्धार, हेलिकप्टर र अस्पताललाई सिधै भुक्तानी गर्थे ।
– नेपाल सरकार, बीमा प्राधिकरण वा कुनै अन्य नियामक संस्थासँग डेटा, बिल, वा जाँच अधिकार नै थिएन ।
– यसैले नेपालभित्र कसैले पनि यी ठगी गतिविधि न त चिन्न सके, न त रोक्न सके ।
जब अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले बीमा ठगीबारे धेरै विस्तृत समाचार लेखे, त्यसपछि पर्यटन मन्त्रालयमा एउटा छानबिन समिति गठन भयो ।
तर, दुर्भाग्यवश—
– समितिले दोषी व्यवसायीहरूको संरक्षण गर्यो,
– वास्तविक अनुशासनात्मक कारबाही भएन,
– र, छानबिन प्रतिवेदन आजसम्म पनि सार्वजनिक गरिएन ।
यसले नेपाललाई विश्वमञ्चमा थप अविश्वसनीय र गैरजिम्मेवार गन्तव्यको रूपमा चित्रण गराइदियो ।
अन्तर्राष्ट्रिय प्रभाव
यस्ता अनियन्त्रित गतिविधिका कारण
– धेरै अन्तर्राष्ट्रिय बीमा कम्पनीहरूले नेपालका लागि बीमा बेच्न बन्द गरे,
– साथै बेचिरहेका कम्पनीहरूले अत्यन्तै उच्च प्रिमियम राखे,
– जसले पर्यटकहरूको कुल यात्रा खर्च धेरै बढायो,
– र, नेपाल महँगो तथा जोखिमपूर्ण गन्तव्यका रूपमा चिनिन थाल्यो ।
समाधान : नेपालकै पहिलो यन्त्र–समर्थित बीमा प्रणाली
यी समस्याहरू स्थायी रूपमा समाधान गर्न र नेपालको बिग्रँदो छवि पुनःस्थापित गर्न, हिमालयन गार्डियन नेपालले नेपाल बीमा प्राधिकरणको सहकार्यमा र नेपाल दूरसञ्चार प्राधिकरणको औपचारिक स्वीकृतिसहित विदेशी पर्यटकका लागि नेपालकै पहिलो यन्त्र–समर्थित बीमा प्रणाली सुरु गरेको छ ।
यसका बीमा–अन्डरराइटर प्रुडेन्सियल इन्स्योरेन्स, सरकारद्वारा स्वीकृत नेपाली बीमा कम्पनी हो, जसले यस प्रणालीलाई पूर्ण रूपमा कानूनी, पारदर्शी र जिम्मेवार बनाएको छ ।
यस नयाँ प्रणालीमार्फत
– हेलिकप्टर उद्धार बीलमा ठगी असम्भव हुन्छ,
– अनावश्यक मेडिकल परीक्षण नियन्त्रणमा रहन्छ,
– बीमा दाबी यथार्थ जीपीएस डेटा आधारित रूपमा स्वीकृत हुन्छ,
– र, झूटा दाबीहरू स्वतः रोकिन्छन् ।
बीमा प्याकेजहरू
हिमालयन गार्डियन नेपालले हाल विदेशी पर्यटकहरूको आवश्यकता अनुसार तीन प्रकारका बीमा योजना उपलब्ध गराएको छ –
१. टूर बीमा प्याकेज (३,५०० मिटर सम्म)
समावेशः चिकित्सकीय बीमा, दुर्घटना बीमा, उपकरण–समर्थित उद्धार, अस्पताल सेवा ।
२. ट्रेकिङ बीमा प्याकेज (५,५०० मिटरसम्म)
समावेश – चिकित्सकीय तथा दुर्घटना बीमा, उचाइ–सम्बन्धी उपचार, हेलिकप्टर उद्धार, रियल–टाइम ट्रयाकिङ ।
३. क्लाइम्बिङ बीमा प्याकेज (६,००० मिटरसम्म)
समावेश – उच्च–उचाइँ जोखिम बीमा, एएमएस उपचार, आपतकालीन उद्धार, अस्पताल सेवा, उचाइँ–डाटा आधारित निगरानी ।
नेपाल पर्यटन सुरक्षामा नयाँ युग
हिमालयन गार्डियन नेपाल विश्वस्त छ कि यो प्रणालीले—
– नेपालमा वर्षौँदेखि भइरहेको उद्धार–बीमा अव्यवस्था अन्त्य गर्नेछ,
– पर्यटकहरूबीच हराउँदै गएको विश्वास पुनःस्थापित गर्नेछ,
– बीमालाई किफायती, पारदर्शी र विश्वसनीय बनाउनेछ,
– र, नेपालको पर्यटन उद्योगलाई नवीन, सुरक्षित र नैतिक बनाउनेछ ।
बिचार/ब्लग
कसले दियो बालेनलाई ८ करोडको डिफेन्डर ?
ईश्वर अर्याल
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया