नेपाल–भारत महिला मैत्री समाजद्वारा अनाथ बालबालिकालाई सहयोग प्रदान
काठमाडौं । मित्र राष्ट्र भारतको ७७औँ गणतन्त्र दिवसको अवसरमा नेपाल–भारत महिला मैत्री समाज, काठमाडौंले ‘फ्युचर होप नेपाल’ बालगृह, गोठाटारमा आश्रित अनाथ बालबालिकालाई भोजन तथा फलफूल वितरण गरेको छ ।
जनवरी २६ तारिखमा मनाइने भारतको गणतन्त्र दिवसको अवसरमा समाजले प्रत्येक वर्ष विभिन्न सामाजिक तथा मानवीय कार्यक्रमहरू आयोजना गर्दै आएको छ ।
यस वर्ष पनि समाजले बालगृहमा पुगेर आश्रित बालबालिकासँग सहकार्य गर्दै सहयोग कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रममा समाजका पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको थियो । सहभागीहरूले बालबालिकाको उज्ज्वल भविष्यको कामना गर्दै यस्ता सामाजिक कार्यक्रमले नेपाल–भारतबीचको मैत्री सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरे ।
नेपाल–भारत महिला मैत्री समाजले आगामी दिनहरूमा पनि शिक्षा, स्वास्थ्य तथा सामाजिक सेवासम्बन्धी कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने जनाएको छ ।
बिचार/ब्लग
कसले दियो बालेनलाई ८ करोडको डिफेन्डर ?
ईश्वर अर्याल
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया