विकसित भारतको संकल्प अझ बलियो हुनेछ : भारतीय प्रधानमन्त्री मोदी
नयाँ दिल्ली । भारतले ७७औँ गणतन्त्र दिवस भव्यताका साथ मनाएको छ ।
सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशवासीलाई शुभकामना दिँदै विकसित भारतको संकल्प अझ बलियो हुने विश्वास व्यक्त गरेका छन् ।
सामाजिक सञ्जाल एक्समार्फत सन्देश दिँदै मोदीले भारतको गौरवको प्रतीकका रूपमा रहेको यो राष्ट्रिय पर्वले सबैको जीवनमा नयाँ ऊर्जा र उत्साह भर्ने कामना गरेका छन् ।
समारोहमा भारतले आफ्नो विकास यात्रा, सांस्कृतिक विविधता र सैन्य शक्ति प्रदर्शन गरेको छ ।
यस वर्षको गणतन्त्र दिवस समारोहमा युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयन र युरोपेली परिषदका अध्यक्ष एन्टोनियो लुइस सान्तोस दा कोस्टा प्रमुख अतिथिका रूपमा सहभागी भएका छन् ।
Published : Monday, 2026 January 26, 11:53 am
बिचार/ब्लग
कसले दियो बालेनलाई ८ करोडको डिफेन्डर ?
ईश्वर अर्याल
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया