दुई खेलाडी सहित तीन सदस्यीय टोली भारत प्रस्थान
काठमाडौं । भारतको बैंगलोर शहरमा यही जनवरी २४ देखि २६ तारिखसम्म आयोजना हुने अन्तर्राष्ट्रिय आमन्त्रण ताईक्वान्डो प्रतियोगिता तथा अन्तर्राष्ट्रिय प्रशिक्षक तालिमको लागि ताईक्वान्डो आईटीएफ नेपालका तीन सदस्यीय टोली भारत प्रस्थान गरेको छ ।
बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनीहरूलाई विदाइ गरिएको छ । अन्तर्राष्ट्रिय ताईक्वान्डो महासंघका उपाध्यक्ष ग्राण्ड मास्टर ट्रेवर निकोल्सले २४ र २५ तारिखमा संचालन गरने तालिममा आईटीएफ नेपालका सस्थापक अध्यक्ष मास्टर लक्ष्मण बस्नेतले सहायकको भूमिका निभानेछन् । उनले २६ तारिखमा आयोजना हुने अन्तर्राष्ट्रिय आमन्त्रण प्रतियोगितामा निर्देशकको भूमिका निभाउने छन् ।
नेपाल, भारत, मलेशिया, बेलायत तथा अफ्गानिस्तानका खेलाडी तथा प्रशिक्षकहरूको सहभागी हुने प्रतियोगिता तथा तालिममा ताईक्वान्डो आईटीएफ नेपालमा खेलाडी एवं सहायक प्रशिक्षक आस्तिक नकर्मीले व्यक्तिगत स्पाइरिङ्ग अन्तर्गत ७० केजी तौल समूहमा र तेश्रो डान प्याटर्नमा र शान्तकुमार राना मगरले ६५ केजी तौल समूह तथा दोश्रो डान प्याटर्नमा प्रतिस्पर्धा गर्ने छन् ।
सहभागी टोलीलाई ताईक्वान्डो आईटीएफ नेपालका खेलाडी एवं प्रशिक्षकहरूले विदाइ गरेका छन् । उनीहरूले खेलाडीहरूलाई जितको शुभकामना दिएका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया