एलएमसी १९ वडा चेसमा सचिन महर्जन अगाडि
जावलाखेल । ललितपुर महानगरपालिका वडा नं. १९ को आयोजनामा सञ्चालन भएको एलएमसि वडा कप बुद्धिचाल प्रतियोगितामा सिएम सजिन महर्जनले सबै खेल जित्दै अग्रस्थानमा रहन सफल भएका छन् ।
ललितपुरका २०३६ रेटेड सजिन महर्जनले शुक्रबार सम्पन्न खेलहरूमा क्रमशः बनेपाका श्रीसुन तिमिला, काभ्रेका अर्पणबहादुर ढोटेल, दोलखाका राजिव कार्की, बाँकेका एआईएम अभिक शाह र काठमाडौं चेस क्लबका सीएम केशव श्रेष्ठलाई पराजित गरेका छन् ।
ललितपुरको रातो मच्छिन्द्रनाथ बहालमा भएको प्रतिस्पर्धामा बनेपाका शैलेन्द्र न्यौपाने, भक्तपुरका निकेन कुसाथा, महालक्ष्मी नगरपालिकाका सुरज महर्जन र पाँचथरका रिसोन थापाले समान ५ अंक जोडेर संयुक्त अग्रस्थान कब्जा जमाएका छन् ।
वडा कप रापिड रेटिङ बुद्धिचाल प्रतियोगितामा नेपालका १६३ खेलाडीहरूले सहभागिता जनाउदा शीर्ष २० जनाले समान ४ अंक बनाएर संयुक्त दोस्रो स्थानमा रहन सफल भएका छन् । तीन पटकका नेपाल च्याम्पियन बद्रीलाल नेपाली, चितवनका सत्यम शर्मा, ललितपुरका राजनपुरी, सिएम केशव श्रेष्ठ, सिएम भगवती प्रसाद शर्मा, स्याङ्जाका आकाश सुवेदी, काठमाडौंका विशेष कार्की, पूर्व नेपाल च्याम्पियन सिएम नवीन तण्डुकार, बाँकेका अभिक शाह शीर्ष १५ स्थानमा छन् ।
धादिङका सुभाषकुमार गुरुङ, दोलखाका आशिष फुँयाल, मकवानपुरका एफएम क्षितिज भण्डारी, धरानका मोहन नरसिंह श्रेष्ठ, कास्कीका सुशील सुवेदी, खोटाङका धिरेन्द्र राई, चेकमेट चेस क्लबका प्रकाशचन्द्र नेपाल, दोलखाका कविन्द्र शिवाकोटी, बनेपाका श्रीसुन तिमिला, ललितपुरका विजय महर्जन र भक्तपुरका गणेशमान दुवाल ४ अंक जोडेर उपाधि होडमा रहेका छन् ।
ललितपुर महानगरपालिका वडा नम्बर १९ का वडाध्यक्ष राजेन्द्र महर्जनले बौद्धिक खेल चेसमार्फत खेलाडीहरूलाई अनुशासित समाजमा अभ्यस्त बनाउन मद्दत पुग्ने विचार ब्यक्त गरेका छन् ।
कार्यक्रममा संयोजक वीरेन्द्र ताम्राकार, प्रवीन श्रेष्ठ, महासंघका प्रवक्ता राजु ताम्राकार लगायतको उपस्थिति रहेको थियो ।
प्रतियोगिताका विजेताले कूल धनराशी १ लाख १ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । शनिबार ५ चरणका खेल सम्पन्न पश्चात उपमेयर मन्जली शाक्य बज्राचार्यले पुरस्कार वितरण गर्ने कार्यक्रम रहेको छ ।
बिचार/ब्लग
कसले दियो बालेनलाई ८ करोडको डिफेन्डर ?
ईश्वर अर्याल
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया