राष्ट्रिय सभाका बहालवाला सदस्य बलदेव बोहराको निधन, सभापति देउवा मर्माहत
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय सभा सदस्य बलदेव बोहराको निधनबाट मर्माहत भएको जनाएका छन् ।
सभापति देउवाले बोहराप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोकमा रहेका परिवारजनप्रति समवेदना प्रकट गरेका छन् ।
सभापति देउवाले भने, ‘नेपाली कांग्रेसका नेता, राष्ट्रिय सभा सदस्य एवं मेरा मित्र बलदेब बोहराको असामयिक निधनको खबरले मर्माहत भएको छु ।’
‘दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समबेदना प्रकट गर्दछु । उहाँको निधनले कांग्रेसले एक असल नेता गुमाएको छ,’ देउवाले भने ।
नेपाली कांग्रेसबाट राष्ट्रिय सभामा सदस्य रहेका बोहराको बुधबार काठमाडौंमा उपचारका क्रममा निधन भएको राष्ट्रिय सभाका सदस्य कृष्णबहादुर रोकायले बताए । ७४ वर्षीय सांसद बोहरा कञ्चनपुर जिल्ला निवासी हुन् । उनको बुधबार नै पशुपति आर्यघाटमा अन्तिम दाहासंस्कार गरिएको छ ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया