भृकुटीमण्डप भेलामा १६ सय प्रतिनिधि हुन्, नक्कली कुरा बाहिर आइसक्यो : मोहन बस्नेत
काठमाडौं । नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले विशेष महाधिवेशनको नाममा भइरहेको भेलाको नक्कली कुरा बाहिर आइसकेको भन्दै मिल्नका लागि विस्तारै साइजमा आउन लागेको बताएका छन् ।
मंगलबार पार्टी केन्द्रीय कार्यालय, सानेपामा पत्रकारहरूसँग कुरा गर्दै नेता बस्नेतले भृकुटीमण्डपको भेलामा १६ सय महाधिवेशन प्रतिनिधिले सहभागी भएको सूचना आफूलाई भित्रैबाट आएको बताए । उनले भृकुटीमण्डप भेलाको नक्कली कुरा पनि भिडियोमार्फत बाहिर आउँदा सबैले जानकारी पाएको बताए ।
उनले भने, ‘त्यहाँभित्र यतिप्रतिशत बढाइदिउँ, उतिप्रशित बढाइदिउँ भिडियो पनि भाइरल भइसक्यो । त्यहाँ भएका नक्कली चिजहरू पनि बाहिर आइसक्यो ।’
‘त्यहाँ आएका मान्छेहरू धेरै पार्टी एकताका लागि, प्रजातान्त्रिक करणका लागि, आफ्ना लागि पनि, सबैले मौका पाउन भन्नका लागि ठूलो संख्यामा छन् । सानो संख्यामा भएका केही नेताहरू कसरी लागिपरेका छन् भन्ने विषयमा विस्तारै विस्तारै साइजमा आउँदै छन् । आउनुपर्ने स्थिति पनि छ । चाहे यताका हुन् । चाहे उताका हुन् । अन्तिममा टुंगोमा पुग्ने बेलामा मिलाएर जानुपर्ने हुन्छ,’ नेता बस्नेतले भने ।
महमन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले टिकटमा सभापति शेरबहादुर देउवाको सिग्नेचर हटाएर कार्यबाहक सभापति पूर्णबहादुर खड्काको सिग्नेचर हुनुपर्ने भनेर माग राखेको बस्नेतले बताए ।
उनले भने, ‘कार्यबाहक सभपातिज्यूलाई सिग्नेचर गर्न दिनुप¥यो भनेर एकसूत्रीय माग छ । त्यो सबैले बुझेका छन् नि कुरा । यति ६६ प्रतिशत, ५२ प्रतिशत, ४५ प्रतिशत र हिजोको ६० प्रतिशत सबै देखिएको छ । १६ सय मान्छे चानचुन सिग्नेचर हुनुपर्छ । भित्रैबाट कुरा आएको छ ।’
उनले भने, ‘नक्कली कुराहरू कहिँन कहिँबाट चुहीहाल्छ । यतिप्रतिशत उतिप्रतिशत भनेर भनेको देखिहाल्नु भएको छ ।’
बिचार/ब्लग
कांग्रेसको विभाजनले संविधान र लोकतन्त्रको अतिक्रमण हुनेछ
डा. राजेश्वर सिंह कुशवाहा

फेसबुकबाट तपाईको प्रतिक्रिया