अभिक शाह बने चेस च्याम्पियन
भक्तपुर । ३२औं स्थापना दिवसको अवसर पारेर आयोजना गरेको सिद्धि गणेश रापिड बुद्धिचाल प्रतियोगितामा अभिक शाह च्याम्पियन बन्न सफल भएका छन् ।
शनिबार सम्पन्न प्रतिस्पर्धामा एआइएम अभिक शाहले स्वीस ८ खेल जितेर नगद १० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
दुई दिन सञ्चालन भएको खेलमा रौतहटका सुमन लामा साढे ७ अंकका साथ दोश्रो स्थान प्राप्त गर्दै नगद ७ हजार, द्वितीय ट्रफी, मेडल र प्रमाणपत्र हात पारे ।
तृतीय स्थानको ट्रफी, मेडल, नगदका लागि ६ जना खेलाडीबीच कडा प्रतिस्पर्धा हुन पुगेको थियो । समान ७ अंक भए पनि टाइब्रेकरमा दोलखाका राजीव कार्कीले बाजी मार्दै तेस्रो बनेका छन् ।
समान ७ अंक जोडेर काभ्रेका शैलेन्द्र न्यौपाने चौथो, काठमाडौंका सिएमए भगवतीप्रसाद शर्मा पाँचौं, लमजुङका सविनचन्द्र घिमिरे छैटौं, श्रमजीवी साकोस भक्तपुरका बिक्रम जति सातौं र सप्तरीका नीवनकुमार चौधरी आठौं भए ।
साढे ६ अंक जोडेर नवलपुरका सुजन काफ्ले नवौं र पूर्व नेपाल सिएम च्याम्पियन केशव श्रेष्ठ दशौं स्थानमा रहे ।
दुई हजार रेटिङमुनिका खेलाडी सहभागी गराएको प्रतियोगितामा विधागत उत्कृष्ट हुनेहरूमा गणेशमान दुवाल स्थानीय, पूर्व नेपाल च्याम्पियन नवीन तण्डुकार भेट्रान, यशस्वी शर्मा महिला, प्रत्युस श्रेष्ठ यु–१६ र अनरेटेडमा महोत्तरीका शिवेशकुमार शाह उत्कृष्ट भए ।
उत्कृष्ट रेटिङ्ग समुहमा १९०० मुनि ताप्लेजुङका हर्कबहादुर चोङ्बाङ, १८०० मुनि ललितपुरका सोम आले र १७०० मुनि दमक झापाका हिमाल तामाङ उत्कृष्ट बन्दै नगद पुरस्कार हात पारे ।
संयोजक बिष्णुराम दुमरुको सभापतित्वमा एक कार्यक्रमबीच प्रमुख अतिथि भक्तपुर नगरपालिका वडा नं. ७ वडाध्यक्ष उकेश कवां, सिद्धिगणेश साकोसका अध्यक्ष रुद्रनारायण लाखा, तीन पटकका नेपाल च्याम्पियन बद्रीलाल नेपाली लगायतले विजेतालाई पुरस्कार वितरण गरे ।
बिचार/ब्लग
कसले दियो बालेनलाई ८ करोडको डिफेन्डर ?
ईश्वर अर्याल
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया