राष्ट्रिय सभा निर्वाचनका लागि ७ निर्वाचन अधिकृत तोकिए

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनका लागि सात प्रदेशमा निर्वाचन अधिकृत नियुक्ति गरिएको जनाएको छ ।

२०८२ माघ ११ मा हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ७ बमोजिम ७ जना जिल्ला न्यायाधीशलाई २०८२ पुस १५ गतेबाट लागू हुनेगरी निर्वाचन अधिकृतको पदमा नियुक्ति गर्ने गरेको सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईद्वारा मंगलबार राति जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

नियुक्त निर्वाचन अधिकृतहरूले पुस १६ मा सम्बन्धित प्रदेशको प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने कार्यक्रम रहेको छ ।

(१) कोशीमा भीष्मराज प्रसाईं (मोरङ जिल्ला अदालत) निर्वाचन अधिकृतको कार्यालय, कोशी प्रदेश, विराटनगर, (२) मधेशमा शुभाषबाबु पुरी धनुषा जिल्ला अदालत निर्वाचन अधिकृतको कार्यालय, मधेश प्रदेश, जनकपुर, (३) बागमतीमा गीता श्रेष्ठ (मकवानपुर जिल्ला अदालत) निर्वाचन अधिकृतको कार्यालय, बागमती प्रदेश, हेटौंडामा निर्वाचन अधिकृत र केन्द्र तोकिएको छ ।

(४) गण्डकीमा हिमलाल वेल्वासे (कास्की जिल्ला अदालत) निर्वाचन अधिकृतको कार्यालय, गण्डकी प्रदेश, पोखरा, (५) लुम्बिनीमा प्रकाशप्रसाद पण्डित (दाङ जिल्ला अदालत) निर्वाचन अधिकृतको कार्यालय, लुम्बिनी प्रदेश, घोराही, (६) कर्णालीमा दीपक ढकाल (सुर्खेत जिल्ला अदालत) निर्वाचन अधिकृतको कार्यालय कर्णाली प्रदेश, वीरेन्द्रनगर र (७) सुदूरपश्चिममा भुवनसिंह थापा (कैलाली जिल्ला अदालत) निर्वाचन अधिकृतको कार्यालय, सुदूरपश्चिम प्रदेश, धनगढीमा निर्वाचन अधिकृत र केन्द्र तोकिएको छ ।

Published : Tuesday, 2025 December 23, 9:51 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया