नापोलीलाई सुपरकोपा इटालियाना उपाधि
लण्डन । डेभिड नेरेस नायक बनेपछि नापोलीले सुपरकोपा इटालियाना उपाधि जितेको छ ।
साउदी अरेबियाको रियाधस्थित अल–अब्बाल पार्कमा सोमबार राति सम्पन्न फाइनलमा नापोलीले बोलोनियालाई २–० ले पराजित गर्दै २०२५–२६ इटालियन सिजनको पहिलो ट्रफी आफ्नो नाममा गरेको हो ।
एन्टोनियो कोन्टेको प्रशिक्षणमा रहेको नापोलीले शुरुदेखि नै आक्रामक खेल प्रस्तुत गरेको थियो । एल्जिफ एल्मासको प्रहार साइड नेटिङमा लाग्दा स्कट म्याकटोमिनेको प्रयासमा बोलोनियाका गोलकिपर फेडेरिको रवाग्लियाले बचाउ गरे ।
पहिलो हाफ सकिन छ मिनेट बाँकी रहँदा रवाग्लिया निरीह बने । नेरेसले दायाँ साइडबाट कट इन गर्दै करिब २५ यार्ड टाढाबाट सानदार कर्लिङ सट प्रहार गर्दै नापोलीलाई सुरूवाती अग्रता दिलाए ।
दोस्रो हाफको सुरूवातमा रवाग्लियाले रास्मुस होयलुन्ड र आमिर रहरमानिका प्रयासहरू लगातार रोकेका थिए । अर्कोतर्फ बोलोनियाले पाएको उत्कृष्ट अवसर लुइस फर्गुसनले खेर फाले ।
५७औँ मिनेटमा नापोलीले अग्रता दोब्बर बनायो । नेरेसले सहज रूपमा बल गोलकिपर माथिबाट चिप गर्दै दोस्रो गोल गरे । पछि माटेओ पोलितानोले नयर पोस्टबाट गोल गर्न नसके पनि दुई गोलको अग्रतानै नापोलीका लागि पर्याप्त बन्यो । अन्ततः नापोलीले सहज जित निकाल्दै सुपरकोपा इटालियाना उपाधि उचाल्यो ।
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया