उपकुलपति प्रा.डा.नेपालसहित ३ जनामाथि भएको घटनाको निन्दा एवम् भर्त्सना
घोराही । नेपाल संस्कृत विश्वविद्यालय प्रगतिशील कर्मचारी संगठन केन्द्रीय समिति, बेलझुण्डी, दाङले उपकुलपति प्रा.डा.धनेश्वर नेपालसहितका कर्मचारीहरूमाथि भएको दुर्व्यवहारको भर्त्सना एवम् निन्दा गरेको छ ।
आइतबार संगठनका अध्यक्ष गणेश वलीले प्रेस विज्ञप्ति जारी गरेर नेपाल संस्कृत विश्वविद्यालयको बेलभुण्डीस्थित विश्वविद्यालय परिसरभित्र रहेको उपकुलपति आवासमा अनाधिकृत रूपमा प्रवेश गरी उपकुलपति प्रा.डा.धनेश्वर नेपालसहित उपप्रशासक खिमबहादुर के.सी. र उपकुलपतिका स्वकीय सचिव चोनेन्द्र रिजालमाथि गरिएको दुर्व्यवहार तथा आक्रमणको घटनाप्रति घोर भर्त्सना एवं निन्दनीय खेद व्यक्त गरेका छन् ।
अपरिचति समूहले आइतबार बिहानको समयमा निवासमा प्रवेश गरेर कालोमोसो दल्नुका साथै कुटपिट र लछारपछार गरेको थियो ।
‘उक्त घटना सभ्य समाज र विशेष गरी विश्वविद्यालय जस्तो प्राज्ञिक संस्थाका सन्दर्भमा अत्यन्त अशोभनीय र बर्बरतापूर्ण छ,’ विज्ञप्तिमा भनिएको छ, ‘शैक्षिक वा प्राज्ञिक मागहरू भए वैधानिक बाटोबाट आवाज उठाउनु पर्नेमा हिंसा र दुर्व्यवहारको बाटो अपनाउनुलाई कुनै अवस्थामा पनि स्वीकार गर्न सकिदैन ।’
संगठनका अध्यक्ष वलीले भने, ‘शैक्षिक क्षेत्रमाथिका यस्ता आक्रमण अबिलम्ब बन्द गरिनुपर्छ । ने.सं.वि प्रगतिशील कर्मचारी संगठन केन्द्रीय समिति दोषीमाथि कडाभन्दा कडा कानूनी कार्यवाहीका लागि जोडदार माग गर्दछ ।’
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया