दोलखालाई तुल्सीलाल स्मृति चेस च्याम्पियनसिपको उपाधि
कुमारीपाटी । ललितपुर स्पोट्र्स क्लबको आयोजनामा सम्पन्न ८ औं संस्करण तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि दोलखा चेस होम्सले जितेको छ ।
बिहीबार ललितपुरस्थित क्यास्पियन कलेजमा पाँच दिन सञ्चालन भएको सात चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखा चेस होम्सले ६ खेलमा जीत र एक हारको नतिजा निकाली १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर राष्ट्रिय च्याम्पियन बन्न सफल भएका छन् ।
दोलखाली अर्को टिम दोलखा जिल्ला संघले पाँच जित र दुई खेलमा बराबरी नतिजा निकाल्दै १२ अंक १९.५ प्रोग्रेसिभ प्वाइन्टका आधारमा दोस्रो स्थान कब्जा गर्न सफल भएका छन् ।

शुरुवातदेखि उत्कृष्ट प्रदर्शन गर्दै आएका ललितपुर महालक्ष्मी नगरपालिका टिमले चार जित, दुई बराबर र एक खेलमा हार ब्यहोर्दै १० अंकाका साथ तेस्रो स्थानमा प्रतियोगिता टुङ्ग्याएका छन् ।
ललितपुर महानगरपालिका टिमले दाबेदारी प्रस्तुत गरे पनि महत्वपूर्ण दुई खेलमा हार आत्मसाथ गर्दै एक खेल बराबर र चार जित हासिल गर्दै ९ अंक प्रोग्रेसिभ १७ प्वाइन्टका आधारमा चौथो स्थानमा उभिएका छन् ।
गत संस्करणको विजेता थापाथली चेस पार्कले समान जित हात परिणाममा ९ अंक जोडेर १६.५ प्रोग्रेसिभ प्वाइन्टका आधारमा पाँचौं स्थानमा रहे ।
स्पर्धामा बुटवल उपमहानगरपालिका टिमले चार खेलमा जित र तिन खेलमा हारको सामना गर्दै ८ अंक जोडेर १७.५ प्रोग्रेसिभ प्वाइन्टका आधारमा छैठौ भए भने मध्यपुर ठिमी नगर चेस संघले तीन जित, दुई हात र दुई बराबर खेलमार्फत ८ अंक जोडेर १५.५ प्रोग्रेसिभ प्वाइन्टका आधारमा सातौं हुन सफल भएका छन् ।

आठौं संस्करणको राष्ट्रिय टिम चेसमा व्यक्तिगत उत्कृष्ट प्रदर्शन गर्दै महालक्ष्मी नगरपालिका क्षितिज भण्डारी, सुरोज महर्जन र कमल श्रेष्ठ तथा दोलखा चेस होम्सका पुरुषोत्तम चौलागाईं र मध्यपुर ठिमीका अभिक शाहले आफूलाई अब्बल साबित गरेका छन् ।
प्रतियोगितामा विजयी शीर्ष चार स्थान हासिल गरेका टिमले नगद २ लाख, १ लाख, ६० हजार र ४० हजार सहित स्वर्ण पदक, रजत पदक तथा काश्य पदक तथा ट्रफी, प्रमाणपत्र हात पारेका छन् । व्यक्तिगत स्पर्धामा उत्कृष्ट भएका पाँच खेलाडीहरूले जनही नगद १० हजार प्राप्त गरेका छन् ।

प्रतियोगिता पूर्व ललितपुर महानगरपालिकाका उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले विजेता टोलीलाई पुरस्कार वितरण गरेका छन् । बज्राचार्यले बौद्धिक बुद्धिचाल खेल प्रवर्द्धन गर्न महानगरपालिका हरसम्भव प्रयास गर्ने बताएकी छिन् ।
अध्यक्ष हेराकाजी महर्जनको सभापतित्वमा सम्पन्न समापन समारोहमा क्यास्पियन कलेजका प्रिन्सिपल प्रनीष पाण्डे, महासंघका उपाध्यक्ष माधवप्रसाद प्रधान, कोषाध्यक्ष ताराबहादुर रानाभाटको उपस्थिति रहेको थियो ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया