बुद्ध एयरको जहाजमा चरा ठोक्कियो, यात्रु सकुशल
पोखरा । बुद्ध एयरको जहाज पोखरा विमानस्थलमा अवतरणका क्रममा चरा ठोक्किएको छ ।
शनिबार पोखरा विमानस्थलमा अवतरणका क्रममा १५ः४५ बजे जहाजसँग चरा ठोक्किएको बुद्ध एयर पोखरा स्टेशनका प्रबन्धक गौतम बरालले जानकारी दिएका छन् ।
चरा ठोक्किदा जहाजको पपलरको ब्लेडमा क्षति पुगेको छ । ब्लेड कुच्चिए पनि जहाजका सबै यात्रु र चालक दल सुरक्षित रहेको बरालले बताएका छन् ।
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा झण्डै १५ अर्ब रुपियाँ घोटाला भएको भन्दै सार्वजनिक लेखा समितिले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई कारबाही सिफारिस गरेको छ ।
पोखरा विमानस्थलका विषयमा बेलाबेला चरा ठोक्किने तथा विभिन्न प्राविधिक समस्या आउने गरेको गुनासा आइरहेका हुन्छन् ।
Published : Saturday, 2025 November 29, 8:02 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया