अन्तरघातका आरोपी भेलाका प्रमुख अतिथि, पार्टी कब्जा गरेर गगनलाई सभापति र प्रधानमन्त्री बनाउने
काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा अन्तरघातको आरोप लागेर कारबाहीको मागसहित उजुरी परेका पूर्वमन्त्री ओमकार श्रेष्ठलाई महामन्त्री गगन थापा समूहले आफ्नो भेलामा प्रमुख अतिथि बनाएको छ ।
विशेष महाधिवेशनको माग गरेका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पक्षधर नेता, कार्यकर्ताको बुधबार काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रियसभा गृहमा भेलाको आयोजना भएको थियो । भेलामा अन्तरघातको आरोप लागेका पूर्वमन्त्री श्रेष्ठलाई प्रमुख अतिथि बनाएपछि महामन्त्री थापा समूहले गतिलो नेता नपाएको भनेर टिकाटिप्पणी भएका छन् ।
पूर्वमन्त्री श्रेष्ठका कारण ललितपुर कांग्रेसमा पटक पटक ठूलो क्षति भएको छ । धेरै पटक कांग्रेसले श्रेष्ठका कारण ललितपुरमा मूल्य चुकाउनु परेको छ । पूर्वमन्त्री श्रेष्ठले अन्तरघात गरेर आफ्नै पार्टीका उम्मेदवारहरूलाई हराएपछि बिगतमा पार्टी अनुशासनको कारबाही माग गरेर ललितपुर कांग्रेस र केन्द्रीय कार्यालयमा पटक पटक उजुरी परेका छन् । गगन समूहले प्रमुख अतिथि बनाउने कुनै पनि गतिलो नेता नपाएपछि पूर्वमन्त्री अर्थात् अन्तरघाती श्रेष्ठलाई ल्याएकार उभ्याएका छन् ।
भेलामा कांग्रेसका केन्द्रीय सदस्यहरू मधु आचार्य, प्रतिमा गौतम, तारामान गुरूङ र अजयबाबु शिवाकोटी तथा लुम्बिनी कांग्रेस सभापति अम्मरसिंह पुन र गण्डकी कांग्रेसका सभापति शुक्रराज शर्माको उपस्थिति रहेको थियो ।
यसैबीच, भेलाका वक्ताहरूले नेपाली कांग्रेसको विशेष महाधिवेशन गरेर महामन्त्री थापालाई सभापति बनाउन माग गरेका छन् । उनीहरूले विशेष महाधिवेशनको बहानामा कांग्रेसलाई कब्जा गरेर थापालाई अबको सभापति बनाउनुपर्ने माग गरेका हुन् ।
गोरखाका महाधिवेशन प्रतिनिधि गोविन्द गुरुङले नियमित महाधिवेशन सम्भव नभएको भन्दै विशेष महाधिवेशन गर्नुपर्ने बताए । उनले भने, ‘आम युवाले गगन थापाको विकल्प छैन भनेका छन् । अबको विकल्प गगन थापा हो ।’
अछामका नेता पुष्प शर्माले भने, ‘समयले मागेको र अहिलेको पुस्ताले मागेको नेता गगन थापा आए नयाँ सुदृढ कांग्रेस बन्छ । शतप्रतिशत कांग्रेसको विशेष महाधिवेशन हुन्छ ।’
रोल्पाका अनुपम जिसीले पनि महामन्त्री थापालाई जसरी पनि विशेष महाधिवेशनबाट सभापति बनाउनुपर्ने बताए । उनले थापा पार्टी सभापति र प्रधानमन्त्री बनेको हेर्न आफू लालायित भएको बताए ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया