केभिआर समिट च्यालेन्जमा विशाल र मारिजे गुवर्टसन पहिलो
काठमाडौं । केभिआर समिट च्यालेन्ज तेस्रो संस्करणको दोस्रो चरणमा पुरुषतर्फ नेपालका विशाल राई र महिलातर्फ नेदरल्यान्ड्सकी मारिजे गुवर्टसन पहिलो भएका छन् ।
शनिबार काठमाडौंमा ट्रेलमान्डु नेपालको आयोजनामा भएको २१ किलोमिटरको रेसमा पुरुषतर्फको विजेता विशालले दुई घन्टा ३१ मिनेट समय लगाए । नेपालकै वीरेन्द्र पाण्डे र युगल राई दोस्रो र तेस्रो स्थानमा रहे । वीरेन्द्रले दुई घन्टा ४२ मिनेट तथा युगलले तीन घन्टा ३७ मिनेटमा दौड पूरा गरे ।
महिलातर्फ मारिजेले तीन घन्टा ३७ मिनेट समयसहित सबभन्दा चाँडै दौड पूरा गरिन् । स्कटल्यान्डकी जर्जिया टिन्डलेले (४ः०७ः५० सकेन्ड) दोस्रो र फिनल्यान्डकी सोन्या मुइतारी (४ः०९ः५१ सकेन्ड) तेस्रो स्थानमा रहे ।
२१ किमीको दौड स्युचाटारबाट शुरु भएर गुरजे भञ्ज्याङ, शिवरी पिक, डाँडागाउँ, गुरजे भञ्ज्याङ हुँदै सूर्यचौरमा सम्पन्न भएको थियो ।
ट्रेल रनिङमा नयाँ सहभागीहरूका लागि वा बिस्तारै दृश्यावलोकन गर्न चाहनेका लागि ७ किलोमिटरको फन रन÷हाइक पनि राखिएको थियो । सो दौड सूर्यचौरमा शुरु भएर गुरुङगाउँ, गुरजे भञ्ज्याङ हँुदै सूर्यचौरमा सकिएको थियो ।
सो दौडमा पुरुषतर्फ ह्याभियर गोन्जालेज मोटा (१ घन्टा १० मिनेट) पहिलो, लबिन गुरुङ (१ घन्टा ११ मिनेट) दोस्रो र समिर कार्की (१ घन्टा १२ मिनेट) तेस्रो भए । महिला वर्गमा अनिमा शेर्पा (१ घन्टा २८ मिनेट) पहिलो, फिलयोर माउन्टजोय (एक घन्टा ३० मिनेट) दोस्रो र आमानडाइन फेमी (१ घन्टा ३४ मिनेट) ले तेस्रो स्थान हासिल गरे ।
केभीआर समिट च्यालेन्जको दोस्रो चरणमा स्वेदेशी र दश देशका विदेशी गरी २१ किमीतर्फ ११२ र ७ किमीमा ३० जना धावकधाविकाले सहभागिता जनाएका थिए ।
केभीरआर समिट च्यालेन्समा पाँच चरण हुनेछ । अब रेस ३ डिसेम्बर ८, रेस ४ सन् २०२६ को जनवरी १० र रेस ५ फेबु्रअरी १ मा आयोजना हुनेछ ।
“स्वस्थ रहौं, रमाइलो गरौं, र ट्रेलमै नेपाललाई चिनाऔं” नारासहित ट्रेलमान्डु नेपालले यो प्रतियोगिताको आयोजना गर्दैछ ।
राष्ट्रिय खेलकुद परिषदअन्तर्गतको नेपाल स्पोट्र्स साइन्स एकेडेमीका उपनिर्देशक राजेन्द्र तुलाधर र नेपाल ओलम्पिक कमिटीका प्रतिनिधि निरज श्रेष्ठले विजेतालाई पुरस्कार प्रदान गरेका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया