गणपतिलालकाे धन्दा प्रधानमन्त्री र राष्ट्रपतिले थाहा पाएपछि मन्त्रीबाट काटियाे नाम
प्रकाश तिमल्सिना
अभियन्ताको नाममा गणपतिलाल श्रेष्ठले यहाँ रहेको पुराना घरबेटीमाथि कति धेरै अन्याय गरेको थियो र बेचेर हिडन विवश भएको थियो ? त्यसको `ईनसाईड स्टोरी´ हो यो ।
भूकम्प अघिसम्म यो घर कृषलाल महर्जनको नाममा थियो, सयौं वर्ष पुरानो पुर्ख्यौंली घरमा `आँगन रेष्टुरेन्ट´ पनि थियो । भूकम्पले सो घरमा क्षति गरेपछि कृषलालले नयाँ भवन बनाउने योजना बनाए । काठमाडौं महानगरपालिकाबाट नक्सा पास पनि गराए । यो नक्सा पास बिद्यासुन्दर शाक्यको पालामा भएको थियो ।
तर, गणपतिलाल श्रेष्ठले काठमाडौं महानगरपालिकाले नक्सा पास गरिदिदाँ पनि कथित अभियन्ताको नाममा गणपतिलालले बनाउनै नै दिएन । उनले, यो पुरातात्विक क्षेत्र हो, यहाँ बिजनेस भवन बनाउन पाइँदैन्, यो बनाउँदा हनुमानढोका दरबार क्षेत्र छेकिन्छ भन्ने तर्क गरेर अभियान नै चलाए, मिडियाकर्मीमार्फत महर्जनबिरूद्व पनि माहौंल बनाइदिएँ ।
र, महर्जनले पास भइसकेको नक्सा अनुसार भवन बनाउन पटक पटक प्रयास गर्दा पनि बनाउन नदिएपछि उनी निकै हैरान भइरहेका थिए । त्यही बेला नै मारवाडीको एक समूहले उनलाई आफूलाई घर बेच्न दबाब उत्तिकै बढाए । प्रलोभन देखाउन पनि सुरू गरे ।
चलनचल्तिको भाऊभन्दा बढी रकमको अफर गर्दा पनि पुर्ख्यौंली सम्पत्ति बेच्न कृषलालले मानेनन्, बरू अड्डी कसिरहेका नै थिए । तर, `कथित सम्पदा र पुरातात्विक अभियन्ता´ गणपतिलालले कुनै हालतमा बनाउन दिएनन् ।
त्यसपछि आफ्नो पीडा सुनाउन उनी महानगरपालिकाले सञ्चालन गरिरहेको मेट्रो एफएममा गएर अन्तर्वार्ता दिन बैकुण्ठ भण्डारी कार्यक्रम `डबली´मा अन्तर्वार्ता दिए ।
सो एफएमबाट गणपतिलालले दुःख दिइरहेको सार्वजनिक गर्दै भने, `नक्सा पास हुँदा पनि मलाई मेरो जग्गामा गणपतिलालले घर बनाउन दिएको छैन्, सँगसँगै मारबाडीलाई बेच भनेर केहीले दबाब पनि बढाएका छन्, म कसरी पुर्ख्यौली सम्पत्ति बेच्नु ? म बेच्दिन, मलाई न्याय गरिदिनु पर्यो ? म गणपतिलालको समूहबाट पीडित भएँ ।´
तर, पनि गणपतिलालको समूहले कृषलाललाई कुनै हालतमा भवन बनाउन दिएनन् । ललितपुर बस्ने उनी अन्तत: वर्षौसम्म प्रयास गर्दा पनि भवन बनाउन नदिएपछि अन्तत: सो जग्गा बेच्न विवश भए ।
जब अरूले किनेपछि भने गणपतिलालले कुनै बिरोध गरेनन्, कृषलालले पास गरेको नक्सा अनुसार नै अहिले `भब्य आधुनिक बिज्नेस कम्पलेक्स´ बनेको छ हनुमानढोका प्रबेशद्वारमा, अहिले पनि चलिरहेको छ, जुन भवन उनी आफ्नै सम्पत्तिमा बनाउन चाहान्थे ।
त्यसपछि गणपतिलालले आधुनिक बिज्नेस कम्पेलक्स´ बनिरहदाँ केही नाटक जस्तो गरेर बिरोध पनि गरे । आफ्नो पुर्ख्यौैली सम्पतिमा भवन बनाउन नदिने गणपतिलालका बारेमा उनले भनिरहन्थे,यो गणपतिले अभियन्ताको नाममा मेरो पुर्ख्यौली सम्पतिमा भवन बनाउन दिएन, यसको कहिल्यै भलो नहोस् ।`
उनको आशंका थियो, सम्पदा र पुरातात्विक जस्तो भावनात्मक मुद्वा उठाएर हनुमानढोका क्षेत्रवाट मलाई पुर्ख्यौली सम्पति बेच्न लगाएर उठिवास गरायो ।´
आज यो कुरा मैले प्रधानमन्त्री र राष्ट्रपति कार्यालयका केही चिनजानलाई भनिदिएपछि उसको सपथ रोकिएको हो, बाहिर जति ठूला कुरा गरे पनि यथार्थ यही हो । अचम्म त के लाग्यो भने गणपतिलाललाई काठमाडौैं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले भाईटीका लगाउँदि रहिछिन् ।
बिहान उनको सचिवालयबाट शुभकामना पनि दिइएको थियो । मैले गणपतिलालको बारेमा स्टाटस लेख्ने बितिक्कै त्यो स्टाटस हटाइएको अवस्था छ । यो रहस्यमय राजनीति बुझिनसक्नु छ । प्रधानमन्त्री र राष्ट्रपति कार्यालयको सहयोगीहरूप्रति आभारी छु । कम्तिमा मेरो कुरा सुनिदिएर इज्जत जोगाए, कति लेख्नु हौ, लुसिफरको सरकारको, अपराधभन्दा केही देख्दिन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया