दूतावासद्वारा नेपालमा भारतीय नागरिकहरूलाई एडभाइजरी जारी
काठमाडौं । भारतीय दूतावास, काठमाडौंले नेपाल भ्रमण गर्न चाहने र नेपालमा रहेका आफ्ना भारतीय नागरिकहरूका लागि एडभाइजरी जारी गरेको छ ।
शुक्रबार भारतीय राजदूतावासले एडभाइजरी जारी गरेर भनेको छ, ‘गत हप्तादेखि नेपालको अवस्थामा उल्लेखनीय सुधार आएको छ । सडक यातायात र उडानहरू अब नियमित रूपमा सञ्चालन भइरहेका छन् ।’
‘तथापि, नेपाल यात्रा गर्ने भारतीय नागरिकहरूलाई काठमाडौंस्थित भारतीय दूतावास वा नेपालका स्थानीय प्रशासनहरूले जारी गर्न सक्ने सल्लाह/सुझावहरू पालना गर्न र उचित सावधानी अपनाउन सल्लाह दिइन्छ,’ एडभाइजरी सूचनामा भनिएको छ ।
नेपालमा रहेका भारतीय नागरिकहरूलाई कुनै सहयोगको आवश्यकता परेमा काठमाडौंस्थित भारतीय राजदूतावास वा फोन नम्बरहरूमा सम्पर्क गर्न भनिएको छ ।

Published : Friday, 2025 September 19, 9:55 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया