कांग्रेस महामन्त्रीद्वय गगन–विश्वले स्वास्थ्य र पर्यटन मन्त्रालयबाट खानुभयो : अमरेशकुमार सिंह
काठमाडौं । पूर्वसांसद अमरेशकुमार सिंहले नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा राजनीतिक ठगी गरेर आएको बताएका छन् ।
बुधबार ‘योहो टेलिभिजन’सँगको अन्तर्वार्ताका सिंहले प्रश्न गर्दै भने, ‘दुई महामन्त्रीले जेनजीको आन्दोलनमा मान्छे मर्दा सरकारलाई दिएको समर्थन फिर्ता गर्न किन भन्न सकेनन् ? गृहमन्त्रीको राजीनामा नाटक गरेको होइन ?’
‘गगन थापा र विश्वप्रकाश शर्मा यिनीहरू सबै ठगी हुन् । ठगीले चल्दैन । यिनीहरू जनता ठगेर यहाँसम्म आइरहेका छन्,’ उनले भने, ‘यो ठगीले चल्दैन ।’
महामन्त्रीद्वय थापा र शर्माप्रति प्रश्न गर्दै पूर्वसांसद सिंहले भने, ‘तपाईहरूले बीआरआईमा किन साईन गर्नुभयो ? मिलेर केही खान्छु भनेर स्वास्थ्य मन्त्रालयमा मिलेर खाइरहेको थियो । त्यो पर्यटन मन्त्रालयसँग मिलेर खाइरहेको थियो । यो सबै ठगी हो, हामी बुझेका छौं ।’
पूर्वसांसद सिंह नेपाली कांग्रेसका पूर्व नेता हुन् । महामन्त्रीद्वय थापा र शर्माले नेपाली कांग्रेसमा नेतृत्व परिवर्तनको कुरा गरेर सभापति शेरबहादुर देउवाको राजीनामा माग गरिरहेका बेला सिंहले थापा र शर्माले जनतालाई ठगी गरेर आएको आरोप लगाएका हुन् ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल रहेका थिए । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे रहेका थिए । यी दुबै मन्त्रालयमा ठूलो भ्रष्टाचार र अनियमितता भएको आरोप लाग्दै आएको यियो । महामन्त्री थापाले पौडेललाई स्वास्थ्यमन्त्री बनाएका थिए ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया