शेरबहादुर देउवाज्यू कुटाइ खानुभयो तर, विचलित नभई घरमै बसी परिस्थितिको सामना गर्नुभयो
आदरणीय शेरबहादुर देउवाज्यू,
सलाम छ तपाईंलाई । हिजो प्रदर्शन उग्र बन्दै जाँदा पनि अरु जस्तै हेलिकप्टर र गाडी चढेर ज्यान जोगाउन भाग्नुको सट्टा कत्ति विचलित नभई आफ्नै घरमा बसी परिस्थितिको सामना गर्न तयार हुनुभयो । लात्ती मुड्कीदेखि ढुङ्गाको वर्षा सहनुभयो तर, आत्तिनु भएन । प्रजातान्त्रिक बिचारले खारिएको व्यक्तिले मात्रै व्यबहारमा सहअस्तित्व र सहनशीलता देखाउन सक्दछ ।
तपाईंको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु र लोकतान्त्रिक व्यबस्थाका लागि गर्नुभएको संघर्ष र योगदानको सदैव कदर गर्दछु । जस्तोसुकै परिस्थितिमा पनि म नेपाली कांग्रेसको साथमा रहनेछु र पार्टीलाई प्रगतिशील र गतिशील राख्न डटिरहनेछु । अब आराम गर्नुस्, राजनीति सुधार्ने र देश सम्हाल्ने जिम्मेवारी हामीले लिनेछौं ।
तपाईंले आज सजाय पाउनुको कारण के यी नै हुन् ?
– तपाईंले वाक् स्वतन्त्रताको लागि लड्नुभयो ।
– तपाईंले शान्तिका लागि लड्नुभयो ।
– तपाईंले जनमतको लागि संघर्ष गर्नुभयो ।
– तपाईंले सुदूरपश्चिममा परम्परागत छाउपडी प्रथाको विरुद्ध आवाज उठाउनुभयो ।
– तपाईंले भ्रष्टाचार नियन्त्रण गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग स्थापना गर्नुभयो ।
– तपाईंले महिला आयोग स्थापना गर्नुभयो ।
– तपाईंले निरंकुश पञ्चायती व्यवस्थाको विरुद्ध संघर्ष गर्नुभयो ।
– तपाईंले राजतन्त्रको विरुद्ध जनताको पक्षमा उभिनुभयो ।
– तपाईंले सुदूरपश्चिमलाई काठमाडौंसँग जोड्नुभयो ।
– तपाईंले हलिया प्रथा अन्त्य गर्नुभयो ।
– तपाईंले सामाजिक सञ्जाल बन्द हुनुहुँदैन भन्नुभयो ।
– तपाईंले बालेनलाई कारबाही गर्न हुँदैन भन्नुभयो ।
– तपाईंले देशलाई माया गर्नुभयो ।
– तपाईंले नेपाली जनताको हकअधिकारका निम्ति लड्नुभयो ।
अनि नेपालमा समावेशीताको प्रादुर्भाव मात्रै होइन पूर्ण कार्यान्वयन गर्नुभयो जहाँ ‘कदमजम’ (कर्णाली, दलित, महिला, जनजाति र मधेस) विकासको स्पष्ट सिद्धान्त स्थापित गरि संविधानमा नै स्थापित गर्नु भयो ।
ईतिहाँस साक्षी छ । ईतिहाँस मेटाएर मेटिदैन । देशका लागि जेजति राम्रो गर्नुभयो, सम्मान छ ।
(सामाजिक सञ्जालबाट साभार)
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया