सिग्देलद्वारा प्रधानसेनापति ट्रफी प्रतियोगिताको उद्घाटन
काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले प्रधानसेनापति ट्रफी प्रतियोगिताको उद्घाटन गरेका छन् ।
मंगलबार काठमाडौंको भद्रकालीस्थित जङ्गी अड्डाको खेल मैदानमा प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको उद्घाटन प्रधानसेनापति अशोकराज सिग्देलले गरेका छन् ।
प्रतियोगितामा सेनाका पृतना, युद्ध मद्दत बाहिनी र विशेष फौज बाहिनीसहित १४ समूहबीच स्पर्धा हुनेछ ।
नेपाली सेनाभित्र रहेका प्रतिभावान् खेलाडीहरूको पहिचान गरी उनीहरूको सीप विकास गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडीहरू तयार गर्ने उद्देश्यका साथ २०६५ सालदेखि प्रधान सेनापति ट्रफी आयोजना हुँदै आएको छ ।
प्रतियोगिताअन्तर्गत मंगलबार सम्पन्न महिला ८०० मिटर दौड तथा पुरुष १५०० मिटर दौडका विजेताहरूलाई प्रधान सेनापतिले पुरस्कार वितरण गरेका छन् ।
प्रतियोगितामा एथलेटिक्स, स्वीमिङ, बक्सिङ, तेक्वान्दो, जुडो, भलिबल, बास्केटबल र फुटबल खेलहरू सञ्चालन हुनेछन् । पृतना तथा बाहिनीका टिमहरूले विभिन्न खेल कला प्रस्तुत गरेका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया