चीनमा नेपाली खेलाडीलाई ताईक्वाण्डोमा दुई पद

निंगबो । चीनको निंगबो शहरमा आयोजना भएको एशियन ताईक्वाण्डो च्याम्पियन्स लिगमा नेपालले एक रजत तथा एक काश्य पदक जितेको छ ।

चीनमा यही अगस्ट १६ देखि १७ सम्म प्रतियोगिता भएको छ । दुई खेलाडी र एक प्रशिक्षक सहित तीन सदस्यीय टोलीको सहभागिता रहेको प्रतियोगितामा पुरुष व्यक्तिगत स्पाइरिंग ५८–६२ केजीतर्फ नेपालका प्रभुराम के.सी.ले पदक जितेका हुन् । उनले आयोजक चीनका खेलाडी चांग मिंगलाई सेमीफाइनलमा सहजै पराजित गरी फाइनलमा चीनका खेलाडी चाई झ्याओसंग प्रतिस्पर्धात्मक खेलमा पराजित भएका हुन् । उनले रजत पदकमा चित्त बुझाउनु परेको छ ।

भक्तपुर सूर्यविनायक नगरपालिका वडा नं. १० का स्थाई बासिन्दा ३५ वर्षीय प्रभुरामले नेपालमा भएका प्रतियोगिताहरूमा विभिन्न पदक जितेका छन् ।

उनले ताईक्वाण्डोमा भने पहिलो पटक देश बाहिर सहभागी भएर देशका लागि पदक जित्दा गौरवको महसुस भएको बताएका छन् ।

७२–७४ केजीतर्फ भने सस्मन बस्नेतले चीनकै खेलाडी जांग चेंगसोसंग सेमीफाइनल खेलमा प्रतिस्पर्धात्मक खेल खेले पनि रेफ्रीको चेतावनीका कारण पराजित हुन पुगे ।

तेश्रोस्थानको लागि अर्को पोलका चीनकै खिलाडी झाओमोले चोटका कारण वाकओभर दिएपछि कास्य पदक पक्का गरेका थिए ।

काभ्रेको बनेपा नगरपालिका वडा नं. १४ का स्थाई बासिन्दा २४ वर्षीय सस्मन बस्नेतले यसअघि सन् २०१६ मा बेलायतमा आयोजना भएको खुल्ला अन्तर्राष्ट्रिय प्रतियोगितामा जुनियर स्पेयरिंगमा रजत प्राप्त गरेका थिए ।

सन् २०१७ मा दक्षिण कोरियामा आयोजना भएको जुनियर एशियन प्रतियोगितामा स्वर्ण, हालै अस्ट्रेलियाको मेलबर्नमा आयोजना भएको ग्लोबल प्रतियोगितामा उनले रजत पदक जितेका थिए ।

नेपाल तथा भारतमा आयोजना भएका विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा स्वर्ण तथा रजत पदक जितिसकेका छन् ।

आर्थिक अभावका कारण हरेक देशमा हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा धेरै खेलाडी सहभागी हुन नसके पनि आफ्नै खर्चमा एक/दुई जना मात्र खेलाडीले सहभागिता जनाई हरेक पटक खाली हात नफर्की नेपालको चंद्र सूर्य अंकित झण्डा फहराई देशको लागि कुनई न कुनई पदक भित्राउनु पाउँदा गर्व हुने टिम कोंच तथा ताक्वाण्डो आईटीएफ नेपालका संस्थापक अध्यक्ष मास्टर लक्ष्मण बस्नेत बताउँछन् ।

Published : Monday, 2025 August 18, 12:33 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया