विरोधी र दुश्मनहरूका कारण चक्रे मिलनले दुःख पाए
काठमाडौं । जन्मदिन मनाउने क्रममा पक्राउ परेका एमालेका नेता एवम् समाजसेवी मिलन गुरुङ उर्फ चक्रे मिलनलाई काठमाडौं जिल्ला अदालतले धरौटीमा छाड्न आदेश दिएको छ ।
बुधबार न्यायाधीश खिमानन्द भूषालको इजलासले गुरुङसहित १९ जनालाई धरौटीमा छाड्न आदेश दिएको हो । अदालतले गुरुङसँग ३० हजार रुपियाँ धरौटी माग भएको रजिस्ट्रार तीर्थराज भट्टराईले जानकारी दिएका छन् ।
एमाले नेता गुरुङसहित १९ जनाविरूद्ध मंगलबार अभद्र व्यवहारको कसूरमा प्रहरीले सरकारी वकिलमार्फत मुद्दा दायर गरेको थियो । विगतमा विभिन्न अपराधमा संलग्न रहेको अभियोग लागे पनि गुरुङले एमालेको राजनीतिबाट शान्तिपूर्ण रुपमा समाजसेवा गर्दै आएका छन् । गुरुङका विरोधी र दुश्मनहरूको मौखिक उजुरीमा जन्मदिन मनाउने क्रममा महाराजगञ्जको सम्बाला होटलबाट साथीहरूसहित पक्राउ गरेको थियो । गुरुङसहितका व्यक्तिलाई पक्राउ गरेर प्रहरीले अभद्र कसूरको अभियोगमा मुद्दा चलाएको छ ।
गणेशबहादुर बोगटी, डिल्लीराज कँडेल र रितिक लामालाई २० हजार रुपियाँ धरौटीमा छाड्न आदेश भएको छ । निराजन पौडेल, रोशन सुवेदी, सन्दिप केसी, यामु पौडेल, सौरव सुनार, चन्द्रदेव कार्की, जीतबहादुर लामा, प्रकाश गोले, अमिर आलेमगर, राहुल खड्का, उत्तम महर्जन, प्रनिश कट्टेल, राजु परियार, सफल भन्ने सुजल शाहीको हकमा १० हजार रुपियाँ धरौटी माग भएको छ ।
प्रहरीले उनीहरूलाई साउन १६ गते मध्यराति महाराजगञ्जस्थित साम्बाला होटलबाट नियन्त्रणमा लिएको थियो । सुरूमा ४७ जनालाई नियन्त्रणमा लिएको थियो । प्रहरीले पछि १९ जनालाई मात्रै म्याद थपेर बाँकीलाई छाडेको थियो ।
अदालतले गुरुङलाई धरौटीमा छाड्न आदेश दिए पनि भक्तपुरमा ज्यान मार्ने उद्योगको कसूरको मुद्दा भएकाले भक्तपुर पठाइएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया