प्रधानको अध्यक्षतामा आलम्पिक कमिटीको तदर्थ समिति गठन
काठमाडौं । ध्रुबबहादुर प्रधानको अध्यक्षतामा नेपाल ओलम्पिक कमिटी गठन भएको छ ।
प्रधानको अध्यक्षतामा ९ सदस्यीय तदर्थ कमिटी गठन गरिएको प्रवक्ता समिम मियाँ अन्सारीले बताएका छन् । ओलम्पिक कमिटीभित्र विवाद भइरहेका बेला प्रधानले तदर्थ कमिटी गठन गरेका छन् ।
अन्सारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘२०८२ साउन २६ गतेको दिन नेपाल ओलम्पिक कमिटीमा आबद्ध जम्मा २३ वटा खेल, संघहरूका अध्यक्ष, महासचिव तथा पदाधिकारीहरूको संयुक्त भेलाले नेपाल ओलम्पिक कमिटीका निवर्तमान अध्यक्ष ध्रुबबहादुर प्रधानको अध्यक्षतामा ९ सदस्यीय तदर्थ समिति गठन गरेको कुरा जानकारी गराइन्छ ।’
‘समितिले आजकै मितिदेखि आफ्नो कार्य सुरु गर्ने र समितिलाई चलायमान र नतिजामुखी पार्नका लागि सभाद्वारा एक कार्यादेश समेत जारी गरेको छ,’ प्रवक्ता अन्सारीले भने, ‘समितिको भावी कार्य योजना तथा कार्यक्रमबारे यथाशीघ्र पत्रकार सम्मेलनको आयोजना गरि सार्वजनिक गरिने कुरा समेत जानकारी गराइन्छ ।’
प्रवक्ता अन्सारीले भने, ‘नेपाल ओलम्पिक कमिटीले आगामी दिनहरूमा आयोजना हुने ओलम्पिक कार्यक्रम अन्तरगर्तका बृहत खेलकुद प्रतियोगिताहरूमा नेपालको सहभागितालाई निधो गरि खेलाडीहरूको खेल्न पाउने अधिकार र भविष्यलाई सुनिश्चित गर्न हाल नेतृत्व विहीन अवस्थामा रहेको नेपाल ओलम्पिक कमिटीभित्र उत्पन्न समस्याको दिगो समाधान गरि, नेपालको ओलम्पिक गतिविधिलाई संस्थागत रुपमा अघि बढाइ राष्ट्रिय खेल संघ तथा महासंघहरूको अन्तर्राष्ट्रिय क्रियाकलापहरूलाई निरन्तरता दिन आज मिति २०८२ साउन २६ गतेको दिन नेपाल ओलम्पिक कमिटीमा आबद्ध जम्मा २३ वटा खेल संघहरूको अध्यक्ष, महासचिव तथा पदाधिकारीहरूको संयुक्त भेलाले नेपाल ओलम्पिक कमिटीका निवर्तमान अध्यक्ष ध्रुबबहादुर प्रधानको अध्यक्षतामा ९ सदस्यीय तदर्थ समिति गठन गरेको कुरा जानकारी गराइन्छ’, विज्ञप्तिमा भनिएको छ ।

बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया