उज्बेकिस्तानमा हुन लागेको सभात प्रतियोगितामा भाग लिन नेपाली टोली प्रस्थान
काठमाडौं । उज्बेकिस्तानको ताशकेंट शहरमा यही जुलाई २३ देखि २७ तारिखसम्म आयोजना हुन गैरहेको वर्ल्ड युथ सभात च्याम्पियनशिपमा भाग लिन नेपाल सभात एसोशिएसनका अध्यक्ष लक्ष्मण बस्नेतको नेतृत्वमा तीन सदस्यीय टोली प्रस्थान गरेको छ ।
आइतबार उज्बेकिस्तानतर्फ प्रतियोगितामा नेपालका बसिल तोयेनाले ८०–८५ केजी तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् ।
तोयेनले गत फेब्रुअरीमा भारतमा आयोजना भएको छैठौँ एशियन सभात प्रतियोगितामा स्वर्ण पदक जितेका थिए ।
विश्व प्रतियोगिता पनि आफ्नो खेलाडीले पदक जित्नेमा आशावादी रहेको टीम कोच समेत रहेका लक्ष्मण बस्नेत बताएका छन् ।
विज्ञान अर्याल टीम मेनेजर रहेका छन् । सहभागी टोलीलाई बागमती प्रदेश खेलकुद परिषदका सदस्य सचिव दीपक लामा, नेपाल सभातका महासचिव सिद्धि ब्यञ्जनकार, भक्तपुर जिल्ला खेलकुद विकाश समितिका पूर्व अध्यक्ष दिलीप केसी लगायतले बिदाइ गरेका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया