केन्द्र सरकारले उपेक्षा गरेपनि गोदावरीमा बन्ने भयो सुविधा सम्पन्न ठूलो रंगशाला

लगनखेल । दुई अर्ब २५ करोडभन्दा धेरै लगानीमा बागमती प्रदेश युवा तथा खेलकुद मन्त्रालयले गोदावरी नगरपालिका वडा नं. १० टाहाखेलमा ‘स्पोट्र्स स्मार्ट सिटी’ निर्माण गर्न लागेपछि खेलप्रेमीहरू उत्साहित भएका छन् ।

टाहाखेलस्थितमा अन्तर्राष्ट्रिय रंगशाला करिब २ अर्ब २५ करोड लागतमा नेपालकै उत्कृष्ट रंगशाला निर्माण हुनेछ । यो रंगशाला अन्तर्राष्ट्रियस्तरको फुटबल प्रतियोगिता संचालनको लागि उपयुुक्तस्थल पनि हो ।

स्पोट्र्स स्मार्ट सिटीमा केन्द्र सरकारको नजर परेको छैन । केन्द्र सरकारका युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले स्पोट्र्स स्मार्ट सिटीमा बजेट हालिदिने प्रतिबद्धता जनाएका थिए । मन्त्री चौधरीले एक रुपियाँ पनि दिएनन् । युवा तथा खेलकुदमन्त्री चौधरीलाई ‘झल्लु मन्त्री’ भनेर आलोचना हुँदै आएको छ । चौधरीले आसेपासे र आफ्ना झोलेहरूलाई भन्दा अरुलाई ध्यान दिएका छैनन् ।

स्पोट्र्स स्मार्ट सिटीमा बागमती प्रदेश सरकारको युवा तथा खेलकुद मन्त्रालयबाट ९ करोड बजेट बिनियोजन गरेको छ । बागमती प्रदेशको गौरवको योजना गोदावरी स्पोट्र्स स्मार्ट सिटी गोदावरी अन्तर्राष्ट्रिय र रंगशाला बागमती प्रदेशकै सबैभन्दा ठूलो योजनामा पर्छ । स्पोट्र्स स्मार्ट सिटी नै बागमती प्रदेश सरकारको ठूलो योजना हो ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाल कांग्रेसबाट गोदावरी नगरपालिका चुनावी कमाण्डर मीनकृष्ण महर्जन हाल बागमती प्रदेश सरकारका युवा तथा खेलकुदमन्त्री छन् । महर्जनको चुनावी नारा रहेको र खेलकुदमन्त्री भएपछि बागमती प्रदेशकै सबैभन्दा ठूलो गौरवको योजना गोदावरी रंगशाला बन्ने निश्चित भएको छ ।

रंगशालालाई बागमती प्रदेश युवा तथा खेलकुद मन्त्रालयले फास्ट ट्रयाक मार्फत ३६ करोडको बहुवर्षीय योजना टेन्डर गर्ने तयारी रहेको युवा तथा खेलकुदमन्त्री महर्जनले बताएका छन् ।

त्रिपुरेश्वरमा रहेको दशरथ रंगशाला अन्तर्राष्ट्रिय मापदण्ड अनुसार रंगशाला छैन । पार्किङको सुबिधा पनि छैन ।

केही वर्ष अगाडि जापानका फुटबल स्टार खेलाडी दुङ्गाले त्रिपुरेश्वरको दशरथ रंगशालाको अवस्था देखेर निकै आलोचना गरेका थिए ।

केही महिनाको अगाडिको कुरा हो । नेपाल र मलेशियाको म्याच थियो । दशरथ रंगशालामा खेलाउन एन्फाले अनुरोध गरेको थियो । एएफसी टोलीले रंगशालाको निरीक्षण गर्न आउँदा प्रतिस्पर्धा त्रिपरेश्वरस्थित दशरथ रंगशालामा हुन नसक्ने भनेर रिपोर्ट बुझाएको थियो । त्यसपछि एएफसीले प्रतियोगिता सिङ्गापुरमा गर्ने निर्णय गरेको थियो ।

विशेष गरि बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जन र गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनको सपना रहेको स्पोट्र्स स्मार्ट सिटी रंगशाला अब विपनामै परिणत हुने निश्चित छ । गोदावरीमा बन्न लागेको रंगशालामा सबै सुविधा हुनेछ ।

देशले नै गौरव गर्न लायकको रंगशाला निर्माण हुनेछ । स्पोट्र्स स्मार्ट सिटी निर्माणका लागि बजेट अभाव हुन नदिने जापान, भारत, दक्षिण कोरिया लगायतका देशहरूसँग पनि समन्वय गरेर सहयोग ल्याउने तयारी भइरहेको छ ।

Published : Friday, 2025 July 18, 3:31 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया