महिला ह्याण्डबलमा एपीएफसँग आर्मीको हार
पोखरा । एपीएफ क्लबले गण्डकी कप राष्ट्रिय महिला ह्याण्डबल प्रतियोगिताको उपाधि उचालेको छ ।
शनिबार पोखरा रंगशालास्थित ह्याण्डबल कोर्टमा विभागीय डर्वी एपीएफ र त्रिभुवन आर्मी उपाधिका लागि भिडेका थिए ।
फाइनलमा आर्मीमाथि एपीएफ हाबी हुँदै ३१–१७ को जित निकाल्दै उपाधि चुमेको हो । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितापश्चात् यो नै ह्याण्डबलको सबैभन्दा ठूलो प्रतियोगिता हो ।
उपाधिसँगै एपीएफले १ लाख रुपियाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र हात पारेको छ । उपविजेता बनेको आर्मीले ५० हजार रुपियाँ प्राप्त ग¥यो ।
सेमीफाइनलसँगै तेस्रो स्थान र फाइनल खेल भएका थिए । सेमीफाइनलमा एपीएफले कोशी प्रदेशलाई २३–२ गोलअन्तरले हराउँदै फाइनल प्रवेश गरेको थियो । आर्मीले गण्डकीलाई २१–१२ ले हराएउँदै फाइनल प्रवेश गरेको थियो ।
फाइनलअघि भएको तेस्रो स्थानको खेलमा कोशीले गण्डकी प्रदेशलाई ११–५ ले हराउँदै नगद ३० हजार रुपियाँ हात पा¥यो । सान्त्वना भएको गण्डकीले २० हजारमा चित्त बुझायो ।
असार १२ गतेदेखि १४ गतेसम्म चलेको प्रतियोगितामा कुल ८ टिमको सहभागिता रहेको थियो । प्रतियोगितामा आयोजक गण्डकी प्रदेश सहित बागमती प्रदेश, माधेश प्रदेश, लुम्बिनी र कर्णाली प्रदेश सहभागि थियो ।
विभागीय कलब एपीएफ र आर्मीको सहभागिता रहेको प्रतियोगिता लिगकम नकआउटको आधारमा खेलाइएको थियो ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी त्रिभुवन आर्मी क्लबकी दुर्गा बोहोरा घोषित भइन् ।
एपीएफकी संगीता चौधरी उत्कृष्ट गोलरक्षक र एपिएफका सुशील अधिकारी उत्कृष्ट प्रशिक्षक घोषित भए ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया