विवादित स्वतन्त्र सांसद सिंहद्वारा नेपाललाई अर्को देशसंग भाडामा लगाउन प्रस्ताव
काठमाडौं । स्वतन्त्र सांसद अमेरशकुमार सिंहले नेपाललाई लिजमा अर्को देशलाई दिउँ भनेर प्रस्ताव गरेका छन् ।
आइतबार बसेकाे प्रतिनिधिसभा बैठकमा विनियोजन शीर्षकको छलफलमा बोल्ने क्रममा सांसद सिंहले बजेट नपरेका जिल्लाहरूलाई लिजमा दिउँ भनेर प्रस्ताव गरेका हुन् । सिंहले बेलाबेला यस्तै विवादित अभिव्यक्ति दिने गरेका छन् ।
सांसद सिंहले आपत्तिजनक र राष्ट्रघाती अभिव्यक्ति दिएको भन्दै एमालेले विराेध जनाएको छ । एमाले सचेतक महेश बर्तौलाले सिंहले राष्ट्रघाति अभिव्यक्ति दिएको भन्दै कारवाही गर्न माग गरेका छन् ।
देशलाई अर्को देशमा गाभिदिऔं भनेर संसदकाे रोष्ट्रमबाट आएको अभिव्यक्ति आपत्तिजनक रहेको उनले बताए । ‘ यस्ता राष्ट्रघाति अभिव्यक्तिलाई हामी सुनेर बस्न सक्दैनौ। कारवाही होस् । रुलिङबाट हटाइयोस्,’ उनले भने ।
सभामुख देवराज घिमिरेले सांसद सिंहले संसदमा असंसदीय भाषा प्रयोग गरेको र राष्ट्रमाथि प्रश्न खडा हुने भाषा प्रयोग भएकाले रेकर्डबाट हटाउने निर्देशन दिए ।
सभामुखको निर्देशनपछि सांसद सिंहले सभामुखको भूमिका प्रति प्रश्न उठाए । सभामुखले दलीय हिसावले निर्देशन दिने गरेको भन्दै निर्देशनलाई मान्न तयार नरहेको सांसद सिंहले बताए । सांसद सिंहले बजेट पनि नजाने बोल्न पनि नपाउने भन्दै विराेध जनाएका छन् ।
सदनमा निरन्तर विवाद भएपछि सभामुख घिमिरेले बजेटमाथिको विषयमा नबोल्ने भए रोष्ट्रम छोडेर जानका लागि निर्देशन दिएका थिए । त्यसपछि पनि सांसद सिंहले आपत्ति जनाए । स्वतन्त्र सांसद सिंहले बोल्दै गर्दा माइक काटिएपछि उनी रोष्टमबाट फर्किएका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया