महानगरस्तीय ‘बडिबिल्डिङ च्याम्पियन’का विजेतालाई ५ लाख पुरस्कार

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले ‘फस्ट मिस्टर महानगर बडिबिल्डिङ च्याम्पियनसिप’का विजेतालाई पुरस्कार प्रदान गरेका छन् ।

शनिबार काठमाडौं महानगरपालिका, वडा नं. २२ को आयोजनामा भएको प्रतियोगितामा प्रथम हुने खेडाली कृष महर्जनलाई प्रधानमन्त्री ओलीबाट पाँच लाख र ट्रफीसहितको पुरस्कार प्रदान गरिएको हो ।

नेपाल शाररीक सुगठन तथा फिटनेसको सहकार्यमा भएको कार्यक्रममा पछिल्ला अन्तर्राष्ट्रिय शाररीक सुगठन खेल प्रतियोगिताका विजेता, खेल क्षेत्रको विकासका योगदानदाताहरूलाई सम्मान गरिएको थियो ।

ओलीले स्वस्थ्य रहनु जीवनको ठूलो सम्पति रहेकाले शाररीक सुगठनले स्वस्थ्य जीवनका लागि योगदान दिने बताए । उनले सरकारको स्वास्थ्य नीतिको मूल नीति निरोगी नेपाल भएकाले आरोग्यताका लागि सबैले ध्यान दिर्नुुुपर्ने बताए ।

ओलीले अन्तर्राष्ट्रिय खेल प्रतियोगितामा जितेर नेपाललाई विश्वमाझ चिनाउने खेलाडीलाई सरकारले नगद पुरस्काकर प्रदान गर्दै आएको बताए ।

Published : Saturday, 2025 June 21, 8:50 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया