रामपुर प्रहरीद्वारा ठूलो परिमाणमा खयरको काठ बरामद
रामपुर । इलाका प्रहरी कार्यालय, रामपुर, पाल्पाले खयरको गोलिया काठ बरामद गरेको छ ।
जेठ २३ गते इलाका प्रहरी कार्यालय, रामपुर र प्रहरी चौकी, हुँगीबाट खटिएको संयुक्त गस्ती टोली खयरको २१२ थान गोलिया बेवारिसे अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय, रामपुरका ईन्स्पेक्टर रामबहादुर नेपालीले बताए ।
रामपुर नगरपालिका वडा नं. १० झम्माखोला बगरमा फेला परेको खयरको मूल्य एक लाख पचासी हजार बराबर रहेको छ ।
त्यसैगरी, रामपुर प्रहरीले बिहीबार हुग्दी खोला घाटमा पनि खयर प्रजातीको गोलिया १५४ बरामद गरेको ईन्स्पेक्टर नेपालीले बताए ।
क्यूफिट १७२.९५ काठ बरामद भएकाे हाे । त्यसकाे मूल्य एक लाख बहत्तर हजार रहेको छ । अबैध रुपमा कटान गरी बेवारिसे अबस्थामा छोडिएको काठ बरामद गरिएको थियो । बरामद भएको काठलाई आवश्यक कारवाही र थप अनुसन्धानको लागि सब–डिभिजन वन कार्यालय, रामपुर, पाल्पामा बुझाइएको छ ।




बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया