अख्तियारद्वारा कम्प्युटर अपरेटरसहित ४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र, रुपन्देहीमा कार्यरत तत्कालीन कम्प्युटर अपरेटर कमल पराजुलीसहित ४ जनाविरुद्ध भ्रष्टाचारको अभियोगमा मुद्दा दायर गरेको छ ।
शुक्रबार आयोगले विशेष अदालत, काठमाडौंमा चार जनाविरुद्ध कीर्ते कागजात बनाइ भ्रष्टाचार गरेको अभियोगमा आरोपपत्र दायर गरेको विज्ञप्तिमा उल्लेख छ ।
यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र रुपन्देहीमा ०१–०८–००८३६६८७ सभ्यता केसीको बी एड हुनुपर्नेमा ०१–०८–०१०३१२६२ अर्कैको नामलाई परिवर्तन गरेर रकम लिई लाइसेन्स दिएको अनुसन्धानबाट खुलेको अख्तियारले जनाएको छ ।
रुपन्देही यातायातका तत्कालीन कम्प्युटर अपरेटर पराजुली र यातायात तुलसीपुरका तत्कालीन कम्प्युटर अपरेटर अनिल बुढा मगरले यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र, रुपन्देहीबाट ०७८ साल चैत ७ गते जारी भएको अरु नै आवेदकको आईडी ८४०१६८५ मा जारी भएको क्याटेगोरी बी– कार, जीप डेलिभरी भ्यानको सवारी चालक अनुमपतिपत्रको विवरण परिवर्तन गरी ट्रायल परीक्षामा सहभागी नै नभएका सभ्यता केसीलाई लाइसेन्स दिएको पाइएको थियो ।
यातायात व्यवस्था कार्यालयको अनलाइन डेटाबेस प्रणालीमा प्रत्येक आवेदकको फरक अप्लिकेन्ट आइडी हुने जान्दाजान्दै पनि उनीहरूले मिलोमतोमा कागजात कीर्तेगरी लाइसेन्स जारी गरेको अनुसन्धानबाट खुल्न आएको आयोगले जनाएको छ ।
उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र दफा ११ अन्तर्गतको कसूरमा सोही ऐनको दफा ९ र दफा ११ बमोजिम कैद र जरिवाना सजायको माग दाबी गरिएको अख्तियारद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
सरकारी कर्मचारीसँगको मिलोमतोमा लाइसेन्स लिएकी रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ की सभ्यता केसीविरुद्ध पनि कागजात कीर्ते गरेको अभियोगमा मुद्धा दायर गरिएको छ । केसीले यातायात व्यवस्था तथा नियमावली बमोजिम प्रक्रियामा भाग नलिइ नियतवश कागजात कीर्ते गर्ने कार्यमा संलग्न रहेको र नक्कली लाइन्सेस प्रयोग गरेको भन्दै मुख्य कसूरदारसरह सजाय माग दाबी गरिएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया