एमालेका नेता एवम् मेयर देवकुमारलाई थुनामा पठाउन आदेश
पोखरा । कास्की जिल्ला अदालतले एमालेका नेता एवम् ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।
सोमबार न्यायाधीश हिमलाल बेल्वासेको इजलासले नेपालीलाई पुर्पक्षमा पठाउन आदेश दिएको हो । पोखराको इमेज बचत तथा ऋण सहकारी संस्थाको बचत अपचलन प्रकरणमा उनलाई थुनामा पठाउन अदालतले आदेश गरेको छ ।
इमेज बचत तथा ऋण सहकारी संस्थाको बचत अपचलन प्रकरणमा पक्राउ परेका नेपाली हाल बागलुङ कारागारमा छन् ।
जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले इमेज सहकारी पोखराबाट नेपालीले ५७ करोड ३५ लाख ८४ हजार रुपियाँ हिनामिना गरेको आरोप लगाएको छ ।
इमेज ठगी अभियोगमा नेपालीसहित १५ जनाविरुद्ध सरकारी वकिलको कार्यालयले अभियोग पत्र दर्ता गरेको थियो ।
सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पनि जोडिएका नेपालीलाई जिल्ला अदालत कास्कीले २० लाख रुपियाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।
बिहीबार न्यायाधीश कृष्णजंग शाहको इजलासले नेपालीलाई २० लाख धरौटीमा रिहा गर्ने आदेश दिएको हो । बागलुङ कारागारमा रहेका उनले धरौटी बुझाएका छैनन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया