काठमाडौंलाई गोदावरी मेयर कप फुटबलको उपाधि
काठमाडौं । उपत्यकाव्यापी अन्तरपालिका खुला गोदावरी मेयर कपको उपाधि काठमाडौं महानगरपालिकाले जितेको छ ।
शुक्रबार ललितपुरको गोदावरीस्थित निर्माणाधीन गोदावरी बहुउद्देश्यीय रङ्गशालामा भएको फाइनलमा काठमाडौं महानगरपालिकाले आयोजक गोदावरी नगरपालिकालाई सडनडेथमा ८–७ गोलले हराएको हो । खेल गोलरहित बराबरीमा सकिएको थियो ।
टाइब्रेकरमा ५–५ गोलको बराबरी हुँदै सडन डेथमा काठमाडौंले बाजी मारेको हो । लगातार दोस्रो पटक उपाधि जितेको काठमाडौंले पाँच लाख रुपियाँ पुरस्कार पाएको छ । उपविजेता गोदावरीले तीन लाख रुपियाँ प्राप्त गरेको छ ।

मध्यपुर मध्यपुर ठिमी नगरपालिकाले अनुशासित टिमको उपाधि जित्नै ५० हजार रुपियाँ पायो । सर्वोत्कृष्ट खेलाडी गोदावरीका पासाङ तामाङ भएका छन् ।
सर्वाधिक गोल कर्ता गोदावरीका अरुण लामा, इमर्जिङ प्लेयर गोदावरीका समीर तामाङ, गोदावरीकै विवेक सिलवाल उत्कृष्ट गोलरक्षक, उत्कृष्ट रक्षक काठमाडौंका सरोज तामाङ र उत्कृष्ट प्रशिक्षक काठमाडौंका सन्तोष न्यौपानेले भएका छन् । उत्कृष्ट सबैलाई जनही २५ हजार रुपियाँ प्रदान गरिएको छ । प्रतियोगितामा उत्यकाका १३ पालिकाले भाग लिएका थिए ।
पुरस्कार वितरण कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री गगन थापा, केन्द्रीय सदस्य उदयशम्शेर जबरा, बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जन, गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन लगायतका उपस्थिति रहेको थियो ।


बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया