नेपाली खेलाडीहरू फ्रेंच बक्सिङ्ग प्रतियोगितामा भाग लिन दिल्ली प्रस्थान
काठमाडौं । छैठौं एशियन सभात प्रतियोगितामा सहभागी हुन फ्रेंच बक्सिङ्ग टोली भारत प्रस्थान गरेको छ ।
नयाँ दिल्लीमा फेब्रुवरी ९ देखि १२ तारिखसम्म आयोजना हुने प्रतियोगितामा भाग लिन नेपाल सभात संघका सस्थापक अध्यक्ष लक्ष्मण बस्नेतको नेतृत्वमा २८ खेलाडी, ६ व्यवस्थापक तथा कोच गरी २४ सदस्यीय टोली भारततर्फ प्रस्थान गरेको हो । खेलाडीहरूको टोली सडक मार्ग हुँदै नयाँ दिल्ली प्रस्थान गरेको छ ।
नयाँ दिल्लीस्थित तालकटोरा इंडोर स्टेडियममा आयोजना हुने प्रतियोगितामा एशियाका ७ देशका करीब ३०० खेलाडीहरूले विभिन्न उमेर समूहमा असट् (लाइट कनट्याक्ट)तर्फ र कम्ब्याट (फुल कनट्याक्ट)तर्फ गरी ७५ केजी तौल समूहमा प्रतिस्पर्धा गर्नेछन ।
प्रतियोगितामा लाइट कन्ट्याक्ट महिला ९ वर्षमुनि २६ केजीमा नित्या कार्की, १२ वर्षमुनि २९ केजीमा आयुशा मगर, ३० केजीमा हिमांशी दुलाल, १४ वर्षमुनि ३९ केजीमा अनिशा भण्डारीले प्रतिस्पर्धा गर्नेछन् ।
२१ वर्षमुनि ५२ केजीमा आरती सिंखवाल र ५६ केजीमा सुष्मा घ्याबाले लाइट तथा फुल कन्ट्याक्ट दुबैमा प्रतिस्पर्धा गर्नेछन् ।
लाइट कन्ट्याक्ट पुरुष १२ वर्षमुनि २९ केजीमा बसन्त तामाङ, ३३ केजीमा बिराज तामाङ र दिवस किंगरिंग मगर, ३५ केजीमा शुभम् खत्री, ३७ केजीमा विश्वास भट्टराई, ३७ केजीमा सुन्दर पाण्डे र विशेष खत्री, १४ वर्षमुनि ३९ केजीमा आयुष तोलांगे, ५२ केजीमा प्रशान्त बुढा मगर, ५६ केजीमा विनय थापा, ६० केजीमा एकीन कासुलाले प्रतिस्पर्धा गर्नेछन् ।
१७ वर्षमुनि ५२ केजीमा जयराम बिके र रिकेश मगर, ८५ केजीमा बसिल त्वयनाले प्रतिस्पर्धा गर्नेछन् ।
लाइट कन्ट्याक्ट २१ वर्षमाथि ५६ केजीमा गयाजी खडका र घनश्याम आचार्य खत्री, ६० केजीमा प्रभुराम खत्रीले प्रतिस्पर्धा गर्नेछन् ।
लाइट तथा फुल कन्ट्याक्टमा २१ वर्षमुनि ५६ केजीमा सुरज कार्की ६० केजीमा मनिल श्रेष्ठ, ७० केजीमा आस्तिक नकर्मी र शान्तकुमार राना मगर, २१ वर्षमाथि ७५ केजीमा सस्मन बस्नेतले प्रतिस्पर्धा गर्नेछन् ।
नेपालकी सस्मिनी बस्नेतले अम्पायरको भूमिका निर्वाह गर्ने छिन् । व्यवस्थापकमा पिताम्बर गौतम, राहुल पटेल, अनिल धुंजु श्रेष्ठ र फणिन्द्रप्रसाद जंगम रहेका छन् ।
सन् २०२३ मा नेपाल भित्रिएको फ्रेंच मार्शल आर्टले सन् २०२३ मा उज्बेकस्तानमा आयोजना भएको चौथो एशियन प्रतियोगितामा नेपालका सस्मन बस्नेतले काश्य पदक जितेका थिए ।
सन् २०२४ मा भारतमा आयोजना भएको दक्षिण एशियाली खेलमा नेपालले १० स्वर्ण, ८ रजत र ९ काश्य पदक जितेको थियो ।
प्रतियोगितामा पनि आफ्ना खेलाडीहरूले सम्मानजनक नतिजा हासिल गरी नेपालको गौरव बढाउने टोली प्रमुख समेत रहेका प्रशिक्षक लक्ष्मण बस्नेतले बताए ।
प्रतियोगितामा सहभागी हुन भारत प्रस्थान गर्ने टोलीलाई युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले विदाइ गरेका छन् ।
नेपाल सभात संघ ललितपुरका अध्यक्ष सिद्धि बेञ्जनकार, सचिव सुनिल विष्ट लगायते पनि प्रतियोगतामा भाग लिन भारत जान लागेको टोलीलाई शुभकामनासहित विदाइ गरेको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया