जागरण नेपालले स्थानीय तह केन्द्रित कार्यक्रम गर्ने
काठमाडौं । राजनीतिमा महिला सहभागिता, महिलाअधिकार, शान्ति सुशासनका लागि क्रियाशील जागरण नेपालको साधारण सभाले आगामी दिनमा स्थानीय तहमा निर्बाचित जनप्रतिनिधिलाई लैगिक समानता, मानबअधिकार र सुशासनको पक्षमा प्रभाबकारी रुपमा अगाडि बढ्न प्रेरित गर्ने नीति अख्तियार गरेको छ ।
निर्णायकतह र सुशासनमा महिला सहभागिता, आर्थिक स्रोत र साधनमा पहुँच जस्ता सबालमा मात्र होइन राजनीतिमा महिला सहभागिताका लागि जागरण नेपालको भूमिका प्रशनीय रहेको छ ।
जागरण नेपालकी अध्यक्ष सम्झना पोख्रेलको अध्यक्षतामा भएको १६औँ साधारण सभामा संस्थापक अध्यक्ष शर्मिला कार्की, बरिष्ठ पत्रकार टंक पन्त, जागरण नेपालकी ब्यबस्थापक मीना बिष्टले जागरण नेपालले गरेका कार्य र त्यसले पारेको प्रभाब एवम् आगामी दिनका भूमिकाकबारे प्रकाश पार्नुभएको थियो ।
जागरण नेपालकी सचिब मीरा ढकालले प्रगति प्रतिबेदन र कोषाध्यक्ष लीला शर्माले पेश गर्नुभएको कोषाध्यक्षको प्रतिबेदनलाई परिमार्जन सहित पारित भएको थियो । सो अबसरमा जागरण नेपालको पुस्तक पनि लोकार्पण गरिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

यसमा तपाइको मत