जनकपुर बोल्ट्सलाई कालापत्थर जडित ट्रफीसहित एनपीएलको उपाधि
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि जनकपुर बोल्ट्सले ट्रफी उचालेको छ ।
कीर्तिपुर क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा सुदूरपश्चिम रोएल्सलाई ५ विकेटले हराउँदै जनकपुरले उपाधि उचालेको हो ।
पूर्वप्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र पुष्पकमल दाहालले विजेता जनकपुरलाई ट्रफी हस्तान्तरण गरेका छन् । ट्रफीमा संसारकै सर्वोच्च सगरमाथा शिखर नजिकै रहेको कालापत्थरको ढुंगा राखेर बनाइएको छ ।
फाइनल खेलमा सुदूरपश्चिम रोएल्सलाई ५ विकेटले हराउँदै जनकपुरले उपाधि उचालेपछि समर्थकहरू खुसी भएका छन् ।

काठमाडौंको धरहरा परिसरमा मंसिर १० गते एनपीएल ट्रफी अनावरण गरिएको थियो । प्रधानमन्त्री केपी ओलीले अनावरण गरेको यो ट्रफीमा सर्वोच्च शीखर सगरमाथा आधार शिविर क्षेत्र कालापत्थरको ढुंगा प्रयोग गरिएको छ ।
ट्रफीमा प्रयोग भएको ढुंगा आरोहीद्वय निमा शेर्पा र मिङ्मा शेर्पाले ल्याएका हुन् । ट्रफी अनावरण कार्यक्रममा शेर्पाद्वयलाई सम्मान गरिएको थियो ।
मंसिर १६ गतेदेखि भएको नेपाली खेलकुद इतिहासकै सबैभन्दा ठूलो फ्रेन्चाइज प्रतियोगिता शनिबार सकिएको छ । प्रतियोगितामा ८ फ्रेन्चाइज टोली सहभागी थिए ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया