सभापति देउवासहितका नेताहरू वीरेन्द्रनगर ओर्लिए, कर्णाली कांग्रेसको अधिवेशनमा सहभागी हुने

वीरेन्द्रनगर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका नेताहरू कर्णाली प्रदेश नेपाली कांग्रेस १५औं महाधिवेशनको उद्घाटनका लागि सुर्खेत आएका छन् ।

शनिबार बुद्ध एयरको जहाजबाट सभापति देउवा, नेपाली कांग्रेस १५औं महाधिवेशन तयारी समितिका संयोजक प्रा.डा.शशांक कोइराला, नेताद्वय प्रकाशमान सिंह र मोहनबहादुर बस्नेतसहितका नेताहरू सुर्खेतको वीरेन्द्रनगर आएका हुन् । उनीहरूलाई देउवा पक्षीय नेता तथा कार्यकर्ताहरूले विमानस्थलमा भव्य स्वागत गरेका छन् ।

नेपाली कांग्रेस १५औं महाधिवेशन अन्तर्गत आइतबार वीरेन्द्रनगरमा कर्णाली कांग्रेसको अधिवेशनको सभापति देउवाले उद्घाटन गर्नेछन् ।

विमानस्थलमा सभापति देउवासहितका नेताहरूलाई नेता ऐनबहादुर शाही, कर्णाली कांग्रेसकी संयोजक रंगमती शाही, युवा नेता भुपेन्द्रजंग शाही लगायतका नेता तथा कार्यकर्ताहरूले भव्य स्वागत गरेका नेतृ रंगमती शाहीले बताएकी छिन् ।

Published : Saturday, 2026 November 28, 7:54 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया