१८ करोड काण्डमा मुछिएपछि २.० कांग्रेसका तत्कालीन कोषाध्यक्ष श्रेष्ठ सिङ्गापुर फरार, भाइ हिरासतमा

काठमाडौं । बिचौलिया इनम सापकोटा पक्राउ परेपछि गगन थापा नेतृत्वको २.० कांग्रेसका नेता उमेश श्रेष्ठ सार्वजनिक कार्यक्रमहरूमा देखिन छाडेका छन् ।

विगत एक महिनादेखि २.० कांग्रेसका नेता एवम् नेपाली कांग्रेसको तथाकथित विशेष महाधिवेशनका कोषाध्यक्ष श्रेष्ठ नेपाल छाडेर सिङ्गापुरमा लुकेर बसेको उच्च सुरक्षा स्रोतले जनाएको छ ।

गगन थापालाई नेपाली कांग्रेसको आधिकारिकता दिन सर्वोच्च अदालतका न्यायाधीशहरूसँग १८ करोडको डिल प्रकरणमा श्रेष्ठको नाम जोडिएपछि फरार भएको स्रोतले जनाएको छ । श्रेष्ठ सिङ्गापुरमा लुकेर बसेका छन् ।

इनम सापकोटाले गगन थापालाई कांग्रेसको आधिकारिकता दिन सर्वोच्च अदालतका न्यायाधीशहरूसँग १८ करोडको डिल भएको र त्यसमा उमेश श्रेष्ठ जोडिएको भनेर नाम लिएको अडियो सार्वजनिक भएको केही दिनमै भागेर सिङ्गापुर पुगेको स्रोतको दाबी छ ।

१८ करोड प्रकरणमा अनुसन्धानका लागि २.० कांग्रेसका नेता उमेश श्रेष्ठका भाइ महेश श्रेष्ठलाई प्रहरीले पक्राउ गरिसकेको छ । महेश श्रेष्ठ हाल प्रहरी हिरासतमा छन् । महेश श्रेष्ठ हिरासतबाट छुट्न विभिन्न तिकडमहरू अपनाइरहेका छन् ।

लिटिल एञ्जल्स स्कुल लगायत कलेज र स्कुल तथा हाइड्रो पावरका मालिक समेत रहेका उमेश श्रेष्ठ विवादित व्यक्ति हुन् ।

Published : Wednesday, 2026 November 25, 10:56 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया