गृह मन्त्रालयद्वारा सीडीओ र सहायक सीडीओहरूको जिम्मेवारी हेरफेर, केहीको सरुवा
काठमाडौं । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र सहायक सीडीओको जिम्मेवारी हेरफेर गरेको छ ।
मन्त्रालयले भदौ १८ गतेको निर्णयअनुसार, मन्त्रालय र विभिन्न जिल्ला प्रशासन कार्यालयमा कार्यरत सहसचिव र उपसचिवको जिम्मेवारी हेरफेर गरेको जनाएको छ ।
गृह मन्त्रालयको नयाँ ओएन्डएममा सहसचिवबाट उपसचिवको दरबन्दी कायम भएका खोटाङ, जाजरकोट, रोल्पा, सल्यान, अछाम, बैतडी, डडेल्धुराका सीडीओ व्यवस्थापन गर्नुपर्ने थियो । बैतडी र अछाममा यसअघि नै नयाँ दरबन्दी अनुसार सीडीओ सरुवा भइसकेका थिए ।
राष्ट्रिय किताब खानाबाट गृह मन्त्रालयमा सरुवा भएका सह–सचिव श्रवणकुमार पोखरेललाई झापाको प्रमुख जिल्ला अधिकारीका रूपमा पठाइएको छ । झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले भदौ १७ गतेबाट लागू हुने गरी पदबाट राजीनामा दिएका थिए । गेलालको राजीनामा स्वीकृत भइनसकेकाले उनलाई पनि गृह मन्त्रालय अन्तर्गत सरुवा गरिएको छ ।
सल्यानका प्रमुख जिल्ला अधिकारी महेन्द्रकुमार सापकोटालाई सुर्खेतको प्रमुख जिल्ला अधिकारीका रुपमा सरुवा गरिएको छ । जाजरकोटका प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीलाई बाराको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ । बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रलाई गोरखाको सीडीओको जिम्मेवारी दिइएको छ ।
गोरखाका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठलाई गृह मन्त्रालय वा अन्तर्गत ल्याइएको छ । खोटाङका प्रमुख जिल्ला अधिकारी रेखा कँडेललाई दोलखाको प्रमुख जिल्ला अधिकारी बनाइएको छ । दोलखाका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेलाई सहसचिवका रूपमा गृह मन्त्रालयअन्तर्गत सरुवा गरिएको छ । घिमिरेले राजीनामा दिइसकेका छन् ।
रौतहटमा कार्यरत प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसाललाई सहसचिवका रूपमा गृह मन्त्रालयमा सरुवा गरिएको छ । रोल्पाका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीलाई पर्वत पठाइएको छ । पर्वतका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद पौडेललाई रौतहटको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ ।
अध्यागमन कार्यालय गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवाका प्रमुख अध्यागमन अधिकृत बलराम निरौलालाई गृह मन्त्रालयअन्तर्गत सरुवा गरिएको छ । गृह मन्त्रालयका आन्तरिक महाशाखा प्रमुख ऋषिराम तिवारीलाई लागू औषध नियन्त्रण विभागको महानिर्देशकका रूपमा सरुवा गरिएको छ । नयाँ ओएन्डएमअनुसार, स्थापन भएको उक्त विभागको पहिलो महानिर्देशकको जिम्मेवारी तिवारीले पाएका छन् ।
सहसचिव बाबुराम घिमिरेलाई गृह मन्त्रालय वा अन्तर्गत पदस्थापन गरिएको छ । डडेल्धुराका प्रमुख जिल्ला अधिकारी अमरबहादुर वलीलाई बाँकेको सहायक प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ । अध्यागमन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा कार्यरत वरिष्ठ अध्यागमन अधिकृत वेदराज फुयाँललाई डडेल्धुराको प्रमुख जिल्ला अधिकारीका रूपमा पठाइएको छ ।
बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी नवराज बराललाई जाजरकोटको प्रमुख जिल्ला अधिकारीका रुपमा पठाइएको छ । गृह मन्त्रालयका उपसचिव कुलशेखर अर्याललाई भोजपुरको प्रमुख जिल्ला अधिकारीका रूपमा पठाइएको छ ।
बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङलाई खोटाङको प्रमुख जिल्ला अधिकारीका रुपमा सरुवा गरिएको छ । गृह मन्त्रालयका उपसचिव बन्दना केसीलाई सल्यानको प्रमुख जिल्ला अधिकारी र उपसचिव गणेश गैरैलाई म्याग्दीको प्रमुख जिल्ला अधिकारीका रूपमा पठाइएको छ ।
जिल्ला प्रशासन कार्यालय जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी शान्ति महत र जाजरकोटका सहायक प्रमुख जिल्ला अधिकारी गोमादेवी ढकाल पौडेललाई पनि गृह मन्त्रालय वा अन्तर्गत सरुवा गरिएको छ ।
बिचार/ब्लग
कांग्रेसलाई फुटको डिलमा पुर्याउने दम्भ बोकेका गगनलाई अपील
यामबहादुर मल्ल

फेसबुकबाट तपाईको प्रतिक्रिया