बारामा प्रहरी नायव निरीक्षक साह साउन महिनाको उत्कृष्ट प्रहरी घोषित
बारा । जिल्ला प्रहरी कार्यालय, बाराले प्रहरी नायव निरीक्षक (प्रनानि) मनोज साह सोनारलाई २०८३ साल साउन महिनाको उत्कृष्ट प्रहरी (बेस्ट पुलिस अफ द मन्थ) घोषणा गरेको छ ।
बाराका प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र कुँवरले प्रनानि सोनारलाई साउन महिनाको उत्कृष्ट प्रहरी घोषणा गर्दै प्रशंसापत्र तथा पुरस्कार प्रदान गरेका हुन् ।
आर्थिक प्रशासन शाखामा दरबन्दी रहेका सोनार हाल प्रहरी चौकी विश्रामपुर–मुसहर्वामा कार्यरत छन् ।
कार्यक्षेत्रमा इमानदारी, अनुशासन, जिम्मेवारीप्रतिको प्रतिबद्धता तथा प्रहरी सेवामा पु¥याएको योगदानको मूल्याङ्कन गर्दै उनलाई उत्कृष्ट प्रहरी छनोट गरिएको प्रहरीले जनाएको छ ।
प्रशंसापत्रमा सोनारले संगठनबाट प्राप्त जिम्मेवारीलाई पूर्णरूपमा लगनशील र कर्तव्यनिष्ठ भई निर्वाह गर्नुका साथै समाजमा शान्ति–सुरक्षा कायम गर्न, अपराध नियन्त्रण गर्न र सर्वसाधारण नागरिकलाई सुरक्षाको अनुभूति दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गरिएको छ ।
उत्कृष्ट प्रहरी घोषित सोनारलाई एसपी कुँवरले बधाई तथा शुभकामना दिँदै आगामी दिनमासमेत जिम्मेवारीप्रति थप प्रतिबद्ध भएर काम गर्न प्रोत्साहित गरेका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई फुटको डिलमा पुर्याउने दम्भ बोकेका गगनलाई अपील
यामबहादुर मल्ल

फेसबुकबाट तपाईको प्रतिक्रिया