समाजसेवी डा.अन्सारीद्वारा बाढी प्रभावितलाई ५ लाख सहयोग
काठमाडौं । समाजसेवी एवम् युवा व्यवसायी डा.अबुल हुसेन अन्सारीले भोटेकोशी बाढी प्रभावितहरूका लागि ५ लाख १ हजार रुपियाँ सरकारमार्फत सहयोग गरेका छन् ।
सोमबार डा.अन्सारीले राष्ट्रिय बाणिज्य बैंकमा रहेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको खातामा ५ लाख १ हजार रुपियाँ जम्मा गरेका हुन् ।
मेडिकल व्यवसायी समेत रहेका डा.अन्सारीले समाजसेवा आफूलाई सक्रिय बनाउँदै आएका छन् ।
यसअघि डा.अन्सारीले बाढी प्रभावित क्षेत्रमा तीन लाख रुपियाँ बराबरको औषधि तथा मेडिकल सामग्रीहरू हस्तान्तरण गरिसकेका छन् ।
समाजसेवी डा.अन्सारीले राष्ट्रिय विपत्तिको समयमा बाढी प्रभावितहरूलाई खुल्ला हृदयका साथ सहयोग गर्न सबैलाई अपील गरेका छन् । उनले सानो सहयोगले पनि बाढी प्रभावितहरूलाई ठूलो सहयोग हुने बताएका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई फुटको डिलमा पुर्याउने दम्भ बोकेका गगनलाई अपील
यामबहादुर मल्ल

फेसबुकबाट तपाईको प्रतिक्रिया