रास्वपाका महामन्त्री एवं दाङ २ का सांसद आचार्यद्वारा बाढी प्रभावितलाई १ करोड १ लाख सहयोग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री एवम् सांसद विपिनकुमार आचार्यले व्यक्तिक परिवार र संस्थाको तर्फबाट एक करोडभन्दा धेरै रकम बाढी प्रभावितका लागि सरकारलाई उपलब्ध गराएका छन् ।

सोमबार सिंहदरबारमा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेलाई महामन्त्री आचार्यले एक करोड एक लाख एघार हजार एक सय एघार रुपियाँ प्रदान गरेका हुन् । आचार्यले प्रदान गरेको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुनेछ ।

महामन्त्री आचार्यले लेखेका छन्, ‘यो सङ्कटमा हाम्रो वैयक्तिक परिवार र संस्थाको तर्फबाट पनि केही योगदान होस् भन्ने हेतुले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १,०१,११,१११ (एक करोड एक लाख एघार हजार एक सय एघार) जम्मा गरेका छौँ । यो दुःख चाँडै टरेर जाओस् ।’

‘विपद्को सामना गर्न हामी सबैलाई धैर्य र साहस मिलोस्,’ सांसद आचार्यले भनेका छन्, ‘विपद्को यो घडीमा एक राजनीतिज्ञका रूपमा पूरा गर्नुपर्ने इमान्दार कोसिस त सदैव रहि नै रहनेछ ।’

Published : Monday, 2026 August 31, 6:23 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया