राष्ट्रिय चेसमा रुपेश र कृतिसराको अग्रता कायमै
दमक । २६औँ पुरुष तथा ११औँ महिला राष्ट्रिय चेस प्रतियोगिताको तेस्रो दिन पाँच चरणसम्मका खेलमा एफएम रुपेश जैसवाल र कृतिसरा अधिकारीले ४.५ अंकका साथ अग्रता लिएका छन् ।
मंगलबार झापाको दमकमा ४६औँ चेस ओलम्पियाड छनोट स्पर्धामा एफएम रुपेश जैसवालको उपाधि जोगाउने राम्रो तयारी देखियो । रुपेशले चौँथो चरणमा कमल श्रेष्ठलाई अनुभवीय चाल चल्दै माथ गरेका थिए । पाँचौँ खेलमा कडा प्रतिद्वन्द्वी रिसोन थापासँग बराबरी खेले ।
नेपाल च्याम्पियन रुपेशले अपराजित १ अंकको स्पष्ट अग्रता कायम गरेका छन् । रुपेश छैटौँ खेल आशिष फुयालसँग कालो गोटीबाट प्रतिस्पर्धामा छन् ।
पुरुषतर्फको खेलमा समान ३.५ अंक जोडेर रिसोन थापा, सिएम सुश्रुत दहाल तथा सिएम पुरुषोत्तम सिलवालले कडा चुनौती पेश गरेका छन् ।
पूर्व च्याम्पियन राजन सुवेदी र आशिष फुँयालले समान ३ अंक बनाएका छन् । मुहान नरसिंह श्रेष्ठको २.५ अंक छ । पुरुषोत्तम चौलागाईं २ अंक, ज्वाला ईम्बुङ र एआईएम अभिक शाह १.५ अंक, धिरेन राई १ र कमलको ०.५ अंक रहेको छ ।
महिलातर्फको राष्ट्रिय च्याम्पियन होडमा निहाना श्रेष्ठले ४ अंक जोडेर अपराजित यात्रा कायम राखे । कृतिसरासँग पराजित भएकी प्रिया क्षेत्री ३.५ अंकमा सीमित हुन पुगेका छन् । पूजा भण्डारी जीत निकाली समान ३.५ अंक बनाउन सफल भइन् ।
विनिता कपालीले नुमा सुब्बालाई हराउँदै ३ अंक जोडे । एञ्जल महर्जन र सिन्दिरा जोशी २.५ अंक जोड्न सफल भए । ईशा गिरी र सुशीला गुरुङको २ अंक, पुनम प्रसाईं १ अंक रह्यो । नुमा सुब्बाको अंक बन्न सकेको छैन ।
प्रदेश खेलकुद विकास वोर्ड, कोशी प्रदेश, विराटनगर तथा झापा जिल्ला बुद्धिचाल संघको संयुक्त आयोजनामा सञ्चालन भइरहेको छ ।
राष्ट्रिय खेलकुद परिषदले गठन गरेको प्रतियोगिता सञ्चालन समितिका सदस्य राजु ताम्राकारले प्रतियोगिता राउण्ड रोविनको आधारमा ११ चरणको खेल जम्मा ६ दिन सञ्चालन हुनेछ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया