प्रधानमन्त्रीको साटो परराष्ट्रमन्त्रीले संसदमा जवाफ दिने रविको प्रस्ताव कांग्रेसहितका दलहरूद्वारा अस्वीकार
काठमाडौं । संसदको अबरोध हटाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राखेको प्रस्तावलाई नेपाली कांग्रेस, एमालेसहितका विपक्षी दलहरूले अस्वीकार गरिदिएका छन् ।
सोमबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा रास्वपाका सभापति लामिछानेले प्रधानमन्त्री बालेन्द्र शाहको स्थानमा परराष्ट्रमन्त्री शिशिर खनालले जवाफ दिने प्रस्ताव गरेका छन् । लामिछानेको प्रस्तावलाई विपक्षी दलहरूले अस्वीकार गरिदिएका छन् ।
सभापति लामिछानेको प्रस्ताव अस्वीकार गरेका विपक्षी दलहरूले सोमबार बसेको प्रतिनिधि सभाको संसद् बैठकमा अवरोध कायम राखेका छन् ।
रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले सभापति लामिछानेले संसदमा जारी गतिरोध अन्त्यका लागि विपक्षीसमक्ष प्रस्ताव राखेको बताए ।
‘सदन अवरुद्ध हुने अवस्थालाई निराकरण गरेर जानुपर्छ भन्ने कुरा सभापतिज्यूबाट अनुरोध भयो,’ बुर्लाकोटीले भने, ‘सरकारका तर्फबाट परराष्ट्र मन्त्रालय, परराष्ट्रमन्त्रीले प्रस्ट्याउने केही कुरा राखेको छ, आवश्यक पर्छ भने त्यो कुरा सदनमा पनि राख्न सकिन्छ भन्ने कुरा सभापतिले राख्नुभएको थियो ।’
भारत भ्रमण र प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा दिएको नेपाल–भारत सीमासम्बन्धी अभिव्यक्तिलगायत विषयमा सभापति लामिछाने र परराष्ट्रमन्त्री खनालले प्रतिनिधिसभामा बोल्ने प्रस्ताव राखिए पनि विपक्षीहरू नमानेको बुर्लाकोटीले बताए ।
प्रधानमन्त्री शाहले प्रतिनिधिसभा बैठकबाटै ‘नेपालले पनि भारतको जग्गा मिचेको’ भनी दिएको अभिव्यक्ति पुष्टि हुने प्रमाण दिन वा संसदको रेकर्डबाट उक्त अभिव्यक्ति हटाइनुपर्ने अडान प्रतिपक्षी दलहरूले राखेका छन् ।
संसदको गतिरोध हटाउने प्रयास र प्रधानमन्त्री शाहको साटो परराष्ट्रमन्त्री खनालले संसदमा जवाफ दिने कुरामा सहमति नभएपछि संसदको बैठक सूचना टाँस गरेर मंगलबारसम्मका लागि स्थगित गरिएको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया