करको सूचना चुहावट गर्ने अर्थमन्त्रीमाथि छानविन गर्न संसदीय समितिको माग
काठमाडौं । बजेटको किताबबाट करको दायर समावेश भएका पानाहरू गायब बनाएको तथा करको दररेट चुहाएर ईलेक्ट्रिक गाडीहरू भित्र्याएको भन्दै अर्थमन्त्री डा.स्वर्णिम वाग्लेमाथि छानविन गर्न संसदीय समितिको गठनको माग उठेको छ ।
सोमबार सिंहदरबारमा बसेको संसदको बैठकमा एमाले, राप्रपासहितका दलका सांसदहरूले अर्थमन्त्री डा.वाग्लेमाथि छानविन गर्न संसदीय समितिको माग गरेका हुन् ।
राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले करका दर हेरफेर गर्ने विषय अर्थमन्त्रीबाहेक अरू कसैलाई थाहा नहुने भन्दै अर्थमन्त्री डा.स्वर्णिम वाग्लेमाथि छानबिन गर्दै राजद्रोहको मुद्दा लाग्नुपर्ने बताएका छन् ।
उनले भने, ‘यस प्रकरणमा अर्थमन्त्रीमाथि नितान्त छानबिन हुनुपर्छ र राजद्रोहको मुद्दा लाग्नुपर्छ ।’ कोरला र रसुवागढी नाकाबाट कर छलीका गाडीहरू प्रवेश गरेको भन्दै राप्रपा सांसद शाहीले करका दर हेरफेरको सूचना कसरी चुहियो भनी प्रश्न गरेका छन् । त्यस विषयमा संसदीय छानबिन समिति बनाउनुपर्ने उनको माग छ ।
एमालेकी संसदीय दलकी उपनेता पद्मा अर्याल भनिन्, ‘आर्थिक विधेयकको १६ पृष्ठ गायब भयो । करका दर हेरफेर भएको छ ।’
‘करका दर हेरफेरको विषय कसलाई थाहा हुन्छ । सीमित अर्थमन्त्री र अर्थमन्त्रीज्यूले स्वीकृत गरेका व्यक्तिबाहेक अरुलाई थाहा हुँदैन,’ राप्रपा सांसद शाहीले भने, ‘तर आज सूचना लिक भएर ७५३ वटा गाडी केरला नाकाबाट भित्रन्छ । १४ गते भन्सार पास गरिन्छ । २० गते गाडी आउँछ । अनि चुवावट चाहिँ कसले ग¥यो ?’
संसद्मा दर्ता भइसकेको आर्थिक विधेयकका १६ पेज हटाएर अर्थमन्त्रालयले नयाँ रुपमा विधेयक अगाडि सारेपछि यो विषयमा सरकारको आलोचना भइरहेको छ ।
संसदमा पेश गरेको र अर्थ मन्त्रालयले आफ्नो वेबसाइटमा पछिल्लो पटक राखेको आर्थिक विधेयकमा करसम्बन्धी व्यवस्थामै फरकपन छ ।
राप्रपाका सांसद शाहीले भने, ‘देशको अर्थमन्त्रीमाथि छानबिन अर्थ मन्त्रालय होइन, संसदीय छानबिन समिति चाहिन्छ । त्यसबाट छानबिन गर्नुहोस् । करका दर हेरफेर गर्ने सूचना लिक गरेर आज कसरी आयो यो ? यो सामान्य कुरा हो ? भन्सारको कर्मचारीलाई थाहा हुने कुरा हो यो ?’
देशका जम्मा तीन जना मान्छेलाई थाहा हुने विषय चुहिनुलाई गम्भीर रुपमा लिन शाहीले ध्यानाकर्षण गराए । ‘देशका जम्मा तीन जना मान्छेलाई थाहा हुन्छ । एउटा अर्थमन्त्री, चाह्यो भने अर्थ सचिव र राजश्व सचिवलाई थाहा हुन्छ । यदी अर्थमन्त्रीले स्वीकृति दिनुभयो भने मात्रै,’ शाहीले भने, ‘यो ठूलो अपराध हो । सुशासनको आडमा बनेको सरकार हो यो । अहिले आएको १८२ सिट आएको छ, तपाईं हामीले कुनै काम गरेर आएको होइन ।’
बिचार/ब्लग
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया